माइलेजमा अव्वल ‘हिरो’

माइलेजमा अव्वल ‘हिरो’

‘हिरो ब्रान्ड नै माइलेजको एउटा प्रतीक हो जस्तो लाग्छ। मैले सुपर स्प्लेन्डर चढेको तीन वर्ष पूरा भयो’, रमेशकुमार श्रेष्ठले भने, ‘यो तीन वर्षको अवधिमा हिरोले मेरा हरेक काममा सहयोग पु¥याएको छ। कुनै लामो यात्रा होस् या काठमाडौंको लामो जाममा यसले दिने माइलेज साधारणतया एउटै हो।’

श्रेष्ठ इटहरीका भए पनि काठमाडौंमा ठेकदारीको काम गर्दै आएका छन्। उनी सुपर स्प्लेन्डर नै लिएर इटहरीसम्म पुगेका छन्। त्यही बाइकमा काठमाडौंको हरेक गल्ली चाहर्दै ठेक्कालिएका घरको निरीक्षणमा समेत हिड्न भ्याएका छन्।

उनको त्यो दैनिकिमा सुरपर स्प्लेन्डरको माइलेज अनि त्यसले दिएको साथले धेरै महŒव राख्छ। उनी जस्तै हिरो ब्रान्ड अनि त्यसका उत्पादनसँग भरोसा राख्ने मानिसको संख्या लाखौंको छ। नेपालमा आजभन्दा ३२ वर्षअघि अर्थात् सन् १९८६ बाट हिरोको उत्पादन भित्रिएको थियो। त्यो सयममा ज्योति गु्रप र हिरोबीचमा सहकार्य भएको हो।

सुरुको दिनमा ‘हिरो होन्डा’ भनेर चिनिएको यो ब्रान्ड आज दुई अलग कम्पनी भएका छन्। ‘ज्योति गु्रपको सहकार्य भने, हिरो होन्डा कम्पनी एकै ठाउँमा हुँदैदेखि हो’ नेपाल जनरल मार्केटिङका प्रमुख अभिक ज्योति भन्छन्, ‘जब सन् २०१२ मा आएर यी दुई कम्पनी छुट्टिएर उक्त समयदेखिनै नेपालमा पनि हिरो र होन्डाको छुट्टै कम्पनी भएको छ। अहिले हिरो ब्रान्डको बितरक कम्पनीमा नेपाल जेनरल मार्केटिङ छ भने होन्डाको स्याकार ट्रेडिङ कम्पनी।’ हिरो छुट्टिएको ६ वर्षको वर्षको अवधिमा हिरोले आफूलाई लोकप्रिय ब्रान्डका रूपमा स्थापित गरिसकेको छ। जति लोकप्रियता दुवै कम्पनी एक हुँदा थियो।

यो विषेश गरी कैफियत÷सहुलिय मूल्य, उच्च गुणस्तरीय उत्पादन र माइलेजका लागि चिनिएको छ। ज्योति भन्छन्,‘ अहिले हिरो भन्ने बित्तिकै माइलेजसँग मान्छे यसलाई दाज्ने गर्छन्। माइलेज, मूल्य र उच्च गुणस्तरयुक्त यी तीन कारण नै हिरो परिचित भएको हो। उनका अनुसार हिरोमा पनि सबैभन्दा चलेको उत्पादन भनेको स्प्लेन्डर हो। स्प्लेन्डरमा पनि धेरै मोडल भित्रिएका छन्। सुरुमा स्प्लेन्डर भनेर आएको यो बाइक, स्प्लेन्डर प्लस, स्प्लेन्डर एनएक्जी, स्प्लेन्डर प्रोलगायत मोडलमा आयो। जुन सबै सय सीसीका थिए।

नेपालमा ३२ वर्षअघि अर्थात् सन् १९८६ बाट हिरोको उत्पादन भित्रिएको थियो। त्यो सयममा ज्योति गु्रप र हिरोबीचमा सहकार्य भएको हो।

त्यसपछि आईथ्रीएस (आइडल स्टप–स्ट्राट सिस्टम) टेक्नोलोजिमा आधारित स्प्लेन्डर आई स्मार्ट भित्रियो। त्यसपछि केही समयअघि मात्रै स्प्लेन्डर आई स्मार्ट ११० भित्रियो। त्यसलाई पनि अझ परिमार्जित र परिस्कृत गर्दै कम्पनीले सुपर स्प्लेन्डर भनेर १२५ सीसीमा ल्यायो। जुन अहिले नेपालको सबैभन्दा चल्ने मोटर साइकलको बनेको छ। त्यसैले स्प्लेन्डर ब्रान्डलेनै हिरोलाई चिनाएको छ।

अहिले स्प्लेन्डर भनेको हिरो र हिरो भनेको स्प्लेन्डर भन्ने स्थिति भएको ज्योतिको भनाइ छ। उनका अनुसार हिरोको नेपालमा सबैभन्दा चलेका पाँच बाइक तथा स्कुटरमा क्रमसः सुपर स्प्लेन्डर, ग्ल्यामर, स्प्लेन्डर प्लस, माइस्ट्रोएज र एचिभर नै हुन्। सयदेखि एक सय २५ सीसीको बाइकको बजारमा हिरोका यी उत्पादनको ठूलो हिस्सा छ।

पछिल्लो समय कम्पनीले माइलेजलाई प्राथामिकता दिएर वाइकमा आईथ्रीएस प्रविधिको प्रयोग गरेको छ। आईथ्रीएस अर्थात ‘आइडल स्टप–स्ट्राट सिस्टम’ जसको मद्दतले वाइकको माइलेलाई अझ बढाउन मद्दत गर्ने कम्पनीले जनाएको छ। आईथ्रीएस प्रविधि विश्व बजारमा विशेष गरी हाइब्रिड गाडीमा प्रयोग हुँदै आएको थियो।

प्रिमिएम गाडीमा प्रयोग हुने यो टेक्नोलोजीलाई हिरोले आफ्नो उत्पादनमा प्रयोगमा ल्याएको छ। यसले माइलेज बढाउन मद्दत गर्ने कम्पनीका प्रमुख ज्योति बताउँछन्। उनका अनुसार सुरुमा आई स्मार्ट बाईकमा आईथ्रीएस प्रविधिको प्रयोग भएको थियो। ग्राहकले यो प्रविधिलाई रुचाएपछि अहिले आएरसुपर स्प्लेन्डर, एचिभर, गल्यामरलगायतमा आईथ्रीएस प्रविधि भित्रिसकेको छ।

दुई हप्ताअघि कम्पनीले नेपाली बजारमा ल्याएको ग्ल्यामर एसभीमा पनि यो प्रविधि प्रयोग गरिएको छ। उनी भन्छन्, ‘आईथ्रीएस प्रविधिले मान्छेको स्ट्याटसलाई प्रतिनिधितव गर्ने भएको छ। यस्तै कम्पनीले वाइकको इन्जिनमा पनि परिवर्तन गर्दै आएको छ। वाइकको इन्जिन विस्तारै होरिजेन्टर टेक्नोलोजीबाट अपग्रेटगरी सेमिभर्टिकल इन्जिनमा परिणत भइरहेको छ।

स्कुटरको कुरा गर्ने हो भने, सन् २०११ मा कम्पनीले पहिलोपटक प्लेजर सार्वजनिक गरेको थियो। जुन बेला बजाजले स्कुटर उत्पादन गर्न बन्द गरेर बाइक उत्पादन गर्न थालेको थियो। होन्डाले काइनेटिक होन्डा भनेर स्कुटर ल्याएको थियो। उक्त समयदेखिनै प्लेजरले आफ्नो बजार बनाएको हो।

विभिन्न कारणले गर्दा त्यो बेला कम्पनीले प्लेजरलाई परिष्कृत गर्न सकेन, उनी भन्छन्, ‘त्यसले गर्दा कम्पनीले लामो सयमसम्म प्लेजरको एउटै भर्जन बिक्री गर्नुप¥यो। तर, एक–दुई वर्षअघिबाट हिरोले नयाँ स्कुटर निर्माण गर्ने काम गरेको छ। यसलाई नेपाल जेनरल मार्केटिङले नेपाली बाजारमा समय समयमा भिœयाइरहेको छ।’ त्यसमा हिरो ड्यास, हिरो ड्युट र हिरो माइस्ट्रो एज आएको छ। भने दुई हप्ता अघिमात्रै कम्पनीले ड्युटको नयाँ भर्जनमा सार्वजनिक गरेको थियो।

कम्पनीका प्रमुख ज्योतिका अनुसार स्कुटरले नेपालको दुई प्रांग्रे सवारीको एक तिहाई भाग ओगटेको छ। प्रायः केटीले प्रयोग गर्ने भनिए पनि पछिल्लो सयम स्कुटर पारिवारिक साधनका रूपमा प्रयोग हुन थालेको उनी बताउँछन्। उनका अनुसार यसको प्रमुख कारण अटोमेमिक, गियर नहुने र सुरक्षित हुने भएकाले नै हो। स्कुटर विशेषगरी सहरमा राम्रो चलको छ। यस्ता बजारमा बाइकलाई नै विस्तारै विस्थापित गर्दै गएको छ। अहिले स्कुटरको ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष ग्राहक छन्।

‘स्कुटर कम्पनीको फास्टेस्ट ग्रोइङ सेगमेन्टमा पनि हो’, उनी भन्छन्, ‘त्यसैले कम्पनीले आउने दिनमा एक सय २५ सीसीको स्कुटर पनि नेपाली ग्राहकलाई उपलब्ध गराउनेछ। भने स्कुटरमा पनि आईथ्रीएस प्रविधिलाई प्रयोगमा ल्याउने तयारी छ।’ बाइक र स्कुट ल्याएर बिक्री गर्ने काममात्र नगरेर कम्पनीले बिक्रीपछिको सेवालाई पनि उत्तिकै महŒवपूर्ण हिस्साको रूपमा लिएको छ।

ज्याेितका अनुसार ग्राहकको सन्तुष्टीका लागि हरेर स्थानमा कम्पनीले थ्रिएस (सेल्स, सर्भिर र सप्लायर्स) सहितको सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। जहाँ ग्राहकले सहज रूपमा सेवा पाउनेछन्। अहिले यस्तो सर्भिस सेन्टरको संख्या ७५ पुगको उनको भनाइ छ। ‘कम्पनीले लोकल रूपमा सञ्चालमा आएका सर्भिस सेन्टरलाई पनि आधिकारिक पार्ट प्रयोग गर्नका लागि प्रोत्साहन गर्दै आएको छ’, उनी भन्छन्, ‘त्यस्ता लोकल सर्भिस सेन्टरलाई तालिम दिनेलगाउतका काम कम्पनीले गरेको छ। यसले ग्राहकलाई नक्कली पार्टपुर्जाबाट बच्न सहयोग पु¥याउँछ।’

कम्पनीले बेलाबेलमा ग्राहकलाई बोलाएर माइलेज टेस्टमा सहभागी गराउने गरेको छ। जहाँ ग्राहकलाई कसरी बाइक प्रयोग गर्ने, माइलेज बढाउन के गर्नुपर्छ, सर्भिसिङको आवश्यकता र सक्कली पार्टपुर्जाको महŒवको बारेमा जानकारी दिने गरेका उनको भनाइ छ। कम्पनीको अबको योजना भनेको सय सीसी र एक सय २५ सीसीमा बजार कब्जा गर्नु नै हो।

उनी भन्छन्, ‘नेपालमा कुनै कुनै स्थानमामात्र त्यस्तो होला जहाँ एक सय ५० सीसीको बाइक आवश्यक छ।’ नत्र भने हाम्रो बजारका लागि सय र एक सय २५ सीसीको बाइनै उपयुक्त हो। काठमाडौं, पोखरा, विराटनगर लगायतका बजारम हेर्न हो भने त्यहाँ एक सय २५ सीसी नै पूर्ण छ। तर पनि युवाले स्टाइलिस र बढी पावर भएको बाइक खोज्ने भएकाले कम्पनीले पनि एक सय ५० सीसीमा बाइक ल्याउन तयारी गरिरहेको छ।

अहिले हिरोका ग्राहक भनेको अफिस जाने र परिवार भएका ३० वर्षभन्दा माथि उमेर समुहका बढी छन्। तर, कम्पनीको अबको योजना युवा पुस्तालाई समेट्नु हुनेछ। आगामी दिनमा कम्पनीले स्टाइलिस र बढी पावर भएको बाइक नेपाली बजारमा भिœयाउनेछ। त्योभन्दा अघि कम्पनीले एक सय २५ मा सीसीमा दुई हप्ता अघिमात्रै हिरो ग्ल्यामर वाइक र स्कुटरमा ड्युटको परिस्कृत भर्जन नेपाली बजारमा सार्वजनिक गरेको छ। यसले छोटो समयमै ग्राहकको मन जित्न सफल भइसकेको कम्पनीले जनाएको छ ००००००

हिरो ग्ल्यामर एसभी

कम्पनीका अनुसार ग्ल्यामर एसभी वाइक एक सय २५ सीसी टर्क अन डिमान्ड इन्जिनको साथ आएको छ। पहिलो संस्करण्को तुलानमा यसमा आकर्षक ग्राफिक्स थप गरिएको छ। मोटरसाइकलका पारखीका लागि यसमा आईथ्रीएस (आइडल स्टप–स्ट्राट सिस्टम), एक सय २५ सीसी इन्जिन, ट्युवलेस टायर, मस्कुलर र स्पोर्टी वनावट, लेड टेल ल्याम्प लगायतका विषेशता छन्।

कम्पनीका प्रमुख ज्योतिका अनुसार यो वाइकको मुख्य विशेषता आईथ्रीएस प्रविधि हो। यसले मोटरसाइकल ट्राफिकमा रोकिँदा आफै बन्द हुने र ट्राफिक खुलेपछि सजिलैसँगै स्ट्राट हुनेछ। टर्क अन डिमान्ड इन्जिनसहितको एक सय २५ सीसी इन्जीनले मोटरसाइकललाई कठिन ठाउँमा गुडाउन पनि सहज हुनेछ।

यस्तै यसको मस्कुलर र स्पोर्टी वनावट तथा लेड टेल ल्याम्पले मोटरसाइकललाई आकर्षक बनाएको छ। यो वाइक नेपाली बजारमा तीन फरक कलरमा उपलब्ध भएका छन्। ६५ किलोमिटर प्रतिलिटरका दरले माइलेज प्रदान गर्ने भनिएको यो वाइकको बजार मूल्य एक लाख ९३ हजार तोकिएको छ। यसमा सर्भिस रिमाइन्डर पनि छ। भने यसको इन्जिनलाई परिष्कृत गरी एचभीमा होरिजेन्टरबाट सेमीभर्टिकल बनाइएको कम्पनीले जनाएको छ।

००००००००००

हिरो ड्युट

ड्युट स्कुटरले नेपाली बजारमा पाएको सफलतालाई मध्यनजर गर्दै कम्पनीले ड्युटको नयाँ भर्जन सार्वजनिक कम्पनिका प्रमुख ज्योतिले बताए। उनका अनुसार नयाँ स्कुटर पारिवारी जीवन शैलीसँग मेल खाने खालको छ। ‘हामीले यो स्कुटर परिवारलाई लक्षित गरेर प्रस्तुत गरेका हौं’, उनले भने, ‘ग्राहले नयाँ संस्करणको ड्युट अझै परिमार्जित र परिस्कृत स्वरुपमा पाउनेछन्। यसमा एडभान्स् इन्जिन, एक्स्ट्रा पावर, एक्स्ट्रा पिकअप रहेको छ। इन्धन हाल्न बाहिबाट सम्भव भएकाले घरिघरि स्कुटरबाट ओर्लने झन्झट हुनेछैन।’

स्कुटरमा कम्पनीले डिकी मै राखेर मोबाइल चार्ज गर्ने मिल्ने सुविधा पनि उपलब्ध गराएको छ। त्यसका लागि लागि डिकीमा मोबाइल चार्जिङ पर्ट राखिएको छ। आरामदायी यात्राका लागि स्कुटरमा टेलिस्कोपी फ्रन्ट सस्पेन्सन छ घने सुरक्षका लागि इन्टिग्रेटेड ब्रेकिङ सिस्टमा प्रयोग गरिएको छ। यस स्कुटरले ६० देखी ६५ किलोमिटर प्रतिलिटरका दरले माइलेज प्रदान गर्ने कम्पनीका प्रमुख ज्योति बताउँछन्। तीन फरक रंगमा उपलब्ध भएको यो स्कुटर नेपाली बजारमा एक लाख ७९ हजार पाँच सय रुपैयाँमा उपलब्ध भएको छ।

हिरोका सफल पाँच वाइक तथा स्कुटर

·       सुपर स्प्लेन्डर

·       ग्ल्यामर

·       स्प्लेन्डर प्लस

·       माइस्ट्रोएज

·       एचिभर


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.