अदालतमै रुवाबासी

अदालतमै रुवाबासी

विराटनगर ः झापा गाउँपालिका–७ की ७० वर्षीया दुर्गादेव सञ्जेल बिहीबार मोरङ जिल्ला अदालत परिसरमा डाँको छाडेर रोइरहेकी थिइन् । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा थुनछेक बहस चलिरहँदा उनका आँखा ओभाएका छैनन् ।

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा प्रतिवादीतर्फका कानुन व्यवसायीले बहस गरिरहेका छन् । बाहिर भने निलम्बित सइ बालकृष्ण सञ्जेलकी आमा दुर्गादेवीले आँसु थाम्न सकिरहेकी थिइनन् । उनी ७२ वर्षीय पति उमाकान्त, बुहारी (बालकृष्णकी पत्नी) कमला र ६ वर्षीय नातिसहित विराटनगर बसेको २५ दिन भइसक्यो । भनिन्, ‘मेरा छोरोमाथि ठूलो अन्याय गरियो ।’

छोरो पक्राउ परेको थाहा पाएपछि उनी घरमै बेहोस भएर ढलेकी थिइन् । प्रहरी हिरासतमा राखिएका बालकृष्णलाई भेट्न नदिइएपछि उनी जिल्ला प्रहरी कार्यालय मोरङको गेटमै दोस्रो पटक बेहोस भएर ढलिन् । भनिन्, ‘हिरासतमा भएको छोरोलाई भेट्न पनि पाइएन । हामीले अदालत ल्याएपछि मात्रै छोरोको अनुहार देख्न पायौं ।’

बालकृष्णकी पत्नी कमला पनि रुँदै थिइन् । ‘मेरा पतिले धेरै राम्रा काम गरेका कारण प्रहरीका ठूला भनिएकाबाटै रिसइबी साँधेर फसाइयो’, उनले भनिन् । उनले विभिन्न नाममा आफूहरूलाई धम्कीसमेत आउने गरेको बताउँदै परिवारका सदस्य पनि असुरक्षित बनिरहेको गुनासो गरिन् ।

प्रतिवादी राजन थापालाई भेट्नासाथ उनका फुपूका छोरा मनोराज बस्नेतका आँखामा आँसु टिलपिलाए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारी थापा पनि आफूलाई फसाइएको बताइरहेका थिए । ‘दाजु बिहान–बेलुका गाईवस्तुको धन्दा गरेर दिउँसो कार्यालय जानुहुन्थ्यो’, बस्नेतले भने, ‘अवैध रूपमा पैसा कमाएको भए तडकभडक देखाइहाल्नु हुन्थ्यो नि !’

सञ्जेल परिवार र बस्नेत मात्र होइन, सुन तस्करी र सनम हत्याका अभियुक्तका आफन्तको उपस्थिति एक सातादेखि अदालत परिसरमा बाक्लिएको छ । उनीहरूबीच रुवाबासी चलिरहेको छ । अभियुक्तलाई भेट्न र देख्नासाथ आफन्तका आँसु थामिँदैनन् । आफन्तलाई देखेपछि अभियुक्त पनि आँसु खसाल्छन् । अभियुक्तलाई अदालत उपस्थित गराउनासाथ प्रत्येक दिन बिहान १० देखि बहस चलुन्जेल साँझ ५ बजेसम्म आफन्त इजलासबाहिर बसिरहेका हुन्छन् ।

अदालतमा वैशाख १९ गते मुद्दा दायर भएपछि बहस हुँदा इजलास साँघुरो भएको छ । ६३ जनाविरुद्ध दायर गरिएको मुद्दाको थुनछेक बहस भइरहँदा भीडभाड बढेपछि इजलास साँघुरो भएको हो । पक्राउ परेका ३० अभियुक्त र उनीहरूका तर्फबाट बहस गर्ने कानुन व्यवसायीले नै अदालत भरिने गरेको छ ।

इजलासभित्र उभिएर बहस सुन्न पाइन्न । ढोकाछेउ प्रहरी बसेका हुन्छन् । बसह सुरु भएपछि प्रतिवादीका आफन्त र मुद्दामा चासो राख्नेहरू पुग्छन् । इजलासभित्र बस्ने ठाउँ नभएका कारण उनीहरूलाई प्रहरीले बाटोमै रोक्ने गरेको छ । साँघुरो इजलासमा अभियुक्तका आफन्त पालो गरेर बहस सुन्न बस्छन् भने अधिकांश बाहिरै रहन्छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.