पर्यटक तान्न जलयात्रा

पर्यटक तान्न जलयात्रा

 बलेनी (सिन्धुली) ः सुनकोसी नदीमा जलयात्र (¥याफ्टिङ) का लागि आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न अभियान थालिएको छ। ¥याफ्टिङका लागि उपयुक्त जलासयका रूपमा रहे पनि सुनकोसी नदीमा अलिहेसम्म व्यावसायिक ¥याफ्टिङ सञ्चालन हुन नसकेपछि त्यसलाई अभियानका रूपमा प्रवद्र्धन गर्न थालिएको हो।

जिल्लास्थित सरोकारवाला निकाय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभागले जिल्लाको कुशेश्वर दुम्जादेखि बाँशेश्वरको बलेनीसम्म झन्डै ३५ किलोमिटर दूरी सुनकोसी नदीमा ¥याफ्टिङ सञ्चालनका लागि विशेष अभियानको थालनी गर्न लागेको हो। यसका लागि आवश्यक अध्ययनसँगै ¥याफ्टिङको सुरुवात समेत गरिएको छ।

जिल्लाका अगुवा तथा नेपाल पर्यटन बोर्ड र पर्यटन विभागको व्यवस्थापनमा सुनकोसी नदीमा ¥याफ्टिङमार्फत सुरक्षित र मनोरम यात्रा गर्न सकिने सन्देश सेमत प्रवाह थालिएको गोलन्जोर गाउँपालिका ग्वाल्टारका अगुवा युवा गौरव कार्कीले बताए।

‘¥याफ्टिङका लागि सुनकोसी नदीमा सबैभन्दा बढी पर्यटक कसरी ल्याउन सकिन्छ भन्ने अध्ययन समेत गर्ने गरी सुनकोसी नदीमा ¥याफ्टिङ सुरु गरिएको छ’, उनले भने। जिल्लामा ¥याफ्टिङ गराउने कम्पनी नहुँदा सुनकोसीमा ¥याफ्टिङ सञ्चालन गर्न नसकेकाले जिल्लाकै अग्रजको पहलमा हामीले समेत त्यसलाई साथ दिएर सुनकोसीको ¥याफ्टिङ सुरक्षित र आकार्षक छ भन्ने सन्देश राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रवाह गर्न थालिएको छ’, उनले थपे। यसलाई आगामी दिनमा अभियानका रूपमा अघि बढाइनेछ।

आन्तरिक तथा बाह्य पर्यटनका लागि वैकल्पिक गन्तव्यका रूपमा सुनकोसी नदीमा ¥याफ्टिङ व्यवसायलाई सुरु गर्ने योजना रहेको गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्प कार्कीले बताए। ‘पर्यटकीय दृष्टिले रिभर ¥याफ्टिङ सबैभन्दा ठूलो सम्भावना भएको क्षेत्र भएकाले पर्यटकलाई सुनकोसी रिभरमा ¥याफ्टिङ गर्न टुर प्याकेज नै बनाएर गरिने तयारी भएको छ’, उनले भने। उनका अनुसार जिल्लाका अगुवा युवा व्यवसायीको पहलमा पर्यटन विभाग र बोर्डले प्रारम्भिक अध्ययन समेत सुरु गरिसकेको छ।

सुनकोसी नदीको ¥याफ्टिङका लागि आउने पर्यटकको स्वागत, सत्कार, खान बस्न, उपयुक्त होटेल निर्माण, होमस्टे निर्माण तथा ¥याफ्टिङ गाइडलाई तालिम दिनेजस्ता कार्यमा गाउँपालिकाले सहयोग गर्ने उनको भनाइ छ। ¥याफ्टिङ पर्यटनको माध्यमबाट जिल्लाको विकासका लागि सुरु गर्न लागिएको जिल्लावासी तथा पर्यटन क्षेत्रको विकास लागेका घडेन्द्र श्रेष्ठले बताए।

‘प्रकृतिको प्रयोगबाटै मनग्गे आम्दानी गर्न सक्ने सम्भावना हुँदा हुँदै पनि ओझेलमा परेको जिल्लालाई राष्ट्रिय ¥याफ्टिङ पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना बनाएका छौं। यसका लागि आवश्यक बजेटको व्यवस्था गरेर छिट्टै काम थालिनेछ’, श्रेष्ठले भने। नियमित ¥याफ्टिङका लागि व्यावसायिक कम्पनी सञ्चालन गर्न व्यवसायीलाई उत्प्रेरित गर्ने, जिल्लामा कम्तीमा एक दिनको ¥याफ्टिङ टुर प्याकेजको व्यवस्था मिलाउने, छिमेकी मुलुकलाई ¥याफ्टिङका लागि आकर्षित गर्नेजस्ता कार्यक्रम तय गरिनेछ।

सुनकोसी नदीमा ¥याफ्टिङको व्यापक प्रचारप्रसार गरी आन्तरिक र बाह्य पर्यटक भित्र्ययाउने योजना छ।

जिल्लामा ऐतिहासिक सिन्धुली, हरिहरपुर र रानीचुरीगढी, नागवेली बीपी राजमार्ग, जुनार बगंैचा, ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल, सिन्धुलीको सबैभन्दा अग्लो स्थान फिक्कल, बीपी र आजदको जन्मभूमि, पाँचपोखरी, दुर्लभ जडीबुटी पाइने र सुनकोसी नदीमा हुने ¥याफ्टिङबाट धेरै पर्यटन भित्र्ययाउन सकिने निष्कर्ष निकालिएको छ।

सुनकोसी नदीमा ¥याफ्टिङको प्रचारप्रसार गरी आन्तरिक र बाह्य पर्यटक व्यापक रूपमा भित्र्ययाउने योजना छ। नेपाली कांग्रेस सिन्धुलीका जिल्ला सभापति उज्ज्वल बरालले भने, ‘¥याफ्टिङका माध्यमबाट जिल्लाको विकास गर्न सकिनेछ। यसका लागि स्थानीय र राज्य तहबाटै पहल गरिनुपर्छ।’ उता प्रदेश सांसद प्रदीप कटवाल र राजन दाहालले समेत सुनकोसी नदीमा ¥याफ्टिङका लागि आवश्यक पहल गर्न पार्टी र संसद्मा विशेष पहल गर्ने जनाए।

बीपी राजमार्ग र मध्यपहाडी लोकमार्गको आकर्षक दृष्यपानसँगै सुनकोसी नदीमा ¥याफ्टिङका लागि आउनेलाई जिल्लाका ऐतिहासिक र धार्मिक पर्यटन क्षेत्रको अवलोकनका लागि कम्तीमा तीन दिनको टुर प्याकेज बनाउनुपर्ने बताइएको छ। यसका लागि पर्यटकको मन लोभ्याउने गरी आकर्षक क्षेत्रको यात्रा र पदमार्गको व्यवस्थापन गर्न सकिन्छ। सुनकोसीको माछा, जिल्लाको जुनारको स्वादसँगै सुनकोसी नदीको पानीको छाल, मनोरम दृश्य, विभिन्न वनस्पती, प्रदूषणरहित हावापानी पर्यटक आकर्षित हुने प्रमुख विशेषता हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.