विदेश छाडेर ‘हाइटेक’ नर्सरी

विदेश छाडेर ‘हाइटेक’ नर्सरी

बिर्तामोड : सामान्य परिवारमा हुर्किएका झापा मेचीनगर-९ का डिल्लीराज उप्रेतीले ७ वर्षअघि करेसामा समयअनुकूल तरकारी खेती गर्न सकिने विदेशी प्रविधि भित्र्याउँला भन्ने कल्पनै गरेका थिएनन्। घर वरिपरि फलफूल, सागसब्जी र मनमोहक फूलले सजाएर त्यसबाटै मनग्गे आम्दानी गरौंला भन्ने पनि उनले सोचेका थिएनन्। तर, समयले यसरी कोल्टे फेर्‍यो कि उनी ‘हाइटेक’ प्रविधिमा जानै पर्‍यो।

उनी पाँच वर्षअघि अन्य छिमेकी युवाजस्तै धन कमाउने सुरमा वैदेशिक रोजगारीमा गएका थिए। बिदामा घर फर्किएपछि पत्नीले उनलाई विदेश नगई यहीं केही काम गर्न सुझाव दिँदै स्वदेशमै रोकिन्। त्यसपछि उनले कृषिलाई आम्दानीको स्रोत बनाउने योजनासहित कागती खेतीमा लागे। उनले एक दशक नपुग्दै मेचीनगरमा ‘हाइटेक’ नर्सरी सुरु गरेका छन्।

‘विदेश त नबुझेर जाँदा रहेछौं, विदेश कमाउन होइन, परिवारको माया गुमाउन पुगिन्छ’, उनले भने, ‘यहाँ गरे जे पनि हुन्छ, मैले घरपरिवारसँग बसेर खुसीसाथ कमाएकै छु।’

उनले घरनजिकै उच्च प्रविधियुक्त नर्सरीको टहरा निर्माण गरेका छन्। टेन्टसहितको संरचना घरभन्दा अग्ला छन्। उनका अनुसार सरकारको कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रमअन्तर्गत सिँचाइ पूर्वाधारसहितको हाइटेक नर्सरी निर्माणमा ११ लाख ९२ हजार ६ सय ५६ रुपैयाँ खर्च भएको छ। त्यसमध्ये जिल्ला कृषि विकास कार्यालय झापामार्फत ८ लाख ९४ हजार ४ सय ९२ रुपैयाँ सरकारी अनुदान प्राप्त भएको र डीएन्डडी बायोप्लानटेकको २ लाख ९८ हजार १ सय ६४ रुपैयाँ लागत सहभागिता रहेको उनले बताए।

‘हामी धेरैले ठूलो लगानी गरेर अग्र्यानिक भन्दै तरकारी खेती गरेका छौं तर अब बाहिरी वातावरणमा हुर्कने तरकारी अग्र्यानिक हुन छाडे। डिल्लीराज उप्रेती, मेचीनगर, झापा

‘लगानी ठूलो लाग्ने रहेछ भनेर २-३ लाख खर्च गरेर हामी विदेश जान्छौं तर लगानी जुटाउने संस्था र व्यक्ति खोज्न लाग्दैनौं’, उनले भने, ‘मेरो लगानी ठूलो देखिए पनि सबै सरकार र संस्थाबाट जुटेकै छ। अब युवामा लगानीको चिन्ताभन्दा काम गर्ने जोस आवश्यक छ।’

उनको नर्सरीमा रायोको साग उमारिएको छ। केही समयपछि टमाटर खेती गर्ने तयारी छ। बजारमा दुवै उत्पादनको माग कहिल्यै घट्दैन। एक कट्ठा जमिनमा तयार गरिएको हाइटेक नर्सरी पूर्णरूपमा वातानुकूलित छ। नर्सरीभित्र वर्षभरि खेती गर्न सकिने उनले बताए। २ सय माइक्रोनको युबी प्लास्टिकबाट बनाइएको नर्सरीको टनेल घाम छिर्ने, पानी नछिर्ने र नच्यातिने गरी बनाइएको छ। भने, ‘यसमा जस्तो बिरुवा पनि उमार्न सकिन्छ।’

नर्सरीभित्रै थोपा सिँचाइको व्यवस्था छ। विशेष प्रकारले व्यवस्थापन गरेर टनेलको छतबाट पानी स्प्रे गरी चिसोपन कायम राख्ने व्यवस्थासमेत गरिएको छ। बिरुवामा रोग÷किरा लाग्न नदिनका लागि हावापानी आउँदा पनि असर नगर्ने र लेउ नलाग्ने व्यवस्था छ। बाहिरबाट कुनै हानिकारक जीवाणु प्रवेश नगरोस् भनेर नर्सरीमा दुईवटा हाइटेक ढोकाको व्यवस्था गरिएको उनले सुनाए।

‘बाहिरी मानिसहरू सजिलै प्रवेश नगरून् भनेर नर्सरीको ढोेकामा ताला लगाउने व्यवस्थासमेत गरिएको छ’, उनले भने।

उनका अनुसार १० वर्षसम्म प्रयोग गर्न सकिने उक्त नर्सरीको जमिनसँग जोडिएको भागमा एप्रोन जडान गरिएको छ, जसले बिरुवालाई चाहिनेभन्दा बढी उत्पादन भएको कार्बन डाइअक्साइड र नाइट्रोजनलाई नियन्त्रण गर्छ। ‘हामी धेरैले ठूलो लगानी गरेर अग्र्यानिक भन्दै तरकारी खेती गरेका छौं तर अब बाहिरी वातावरणमा हुर्कने तरकारी अग्र्यानिक हुन छाडे। हावापानी, माटो सबैमा रसायन मिसिएको छ’, उनले भने, ‘अब अग्र्यानिक भनेको हाइटेकबाट मात्र उत्पादन हुन्छ भन्ने बुभ्mनुपर्छ, तरकारी खेती गर्नेलाई पनि म यही सुझाव दिन्छु।’ बाहिरी वातावरणमा मिल्ने गरी अन्य खेती आफूले गरे पनि यसको विकसित रुप हाइटेक भएकाले यसको सुरुवात गरेको उनले बताए।

उनले डीएन्डडी बायोप्लानटेक नामक संस्था दर्ता गरेर तरकारी तथा फलफूलको नर्सरी व्यवसाय गरेका हुन्। खेती पद्धतिलाई अत्याधुनिक र व्यावसायिक बनाउन सरकारको आर्थिक सहयोगमा भर्खरै हाइटेक नर्सरी तयार गरेको उनको भनाइ छ। वैदेशिक रोजगारीबाट फर्केर २०६९ सालदेखि आफ्नै एक बिगाहा जमिनमा टमाटर उत्पादन गरेर व्यावसायिक खेती सुरु गरेका उप्रेतीको जमिनमा अहिले तरकारी खेतीसँगै विभिन्न जातका फलफूलको नर्सरी पनि उतिकै फस्टाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.