ट्यांकरमा ‘लकिङ प्रणाली’ सुरु

ट्यांकरमा ‘लकिङ प्रणाली’ सुरु

अमलेखगन्ज ः इन्धन चुहावट नियन्त्रणका लागि नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरमा लकिङ प्रणाली सुरु गरेको छ। बाराको अमलेखगन्जस्थित निगमको क्षेत्रीय डिपोबाट आयल निगमले आइतबार लकिङ प्रणाली सुरु गरेको हो। निगमले एक कार्यक्रम आयोजना गरी लकिङ प्रणाली सुरु गरिएको घोषणा समेत गरेको छ।

आयल निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले भारतीय आयल कर्पोरेसन र नेपाल आयल निगमको सहकार्यमा पेट्रोलियम पदार्थमा हुने चुहावट नियन्त्रणका लागि ‘लकिङ सिस्टम’ लागू गरिएको बताए। क्षेत्रीय डिपोमा आयोजित कार्यक्रममा भट्टराईले आन्तरिक सुधारका अभियान अन्तर्गत अमलेखगन्जबाट सुरु गरिएको यो प्रणालीलाई देशभर लगिने बताए। ‘आन्तरिक सुधारको अभियानमा छौं। यसले ढुवानीका क्रममा हुने चोरी र चुहावट नियन्त्रण गर्नेछ’,उनले भने, ‘यसलाई हामी देशभर लैजानेछौं। यो प्रणालीलाई असफल बनाउन खोज्नेलाई हामी कारबाही गर्छौं, त्यसैले सबैको सहयोगको अपेक्षा समेत गरेका छौं।’

भारतको रक्सौल र बरौनीबाट पेट्रोलियम पदार्थ ढुवानी गरेर अमलेखगन्ज आइपुग्ने क्रममा इन्धन बीच बाटोमै चोरी हुने घटना अब सुन्न नपर्ने निर्देशक भट्टराईको भनाइ थियो। टेम्परेचरको कारण देखाएर हुने गरेको चोरी नियन्त्रणमा यो प्रणाली सफल हुने निर्देशक भट्टराईले बताए। भारतको रक्सौल र बरौनीबाट करिब एक सय ८० ट्यांकरले अहिले अमलेखगन्ज डिपोमा इन्धन ढुवानी गरिरहेका छन्। लकिङ प्रणालीका लागि भारतीय आयल कर्पोरेसनले ताल्चा उलपब्ध गराएको हो। ताल्चाको चाबी आयल निगमको डिपोमा मात्रै रहनेछ। ताल्चा बाहेक अन्य लकिङ प्रणाली ट्यांकर धनीले बनाउनुपर्नेछ। चाबी नभएसम्म ट्यांकरबाट इन्धन निकाल्न मिल्दैन।

बाराको अमलेखगन्जस्थित निगमको क्षेत्रीय डिपोबाट आयल निगमले आइतबार लकिङ प्रणाली सुरु गरेको हो।

आयल निगमका आपूर्ति विभागका निर्देशक वीरेन्द्र गोइतले यो प्रणाली लागू गर्न आयल निगमलाई भारतीय आयल कर्पोरेसन र ट्यांकर धनीबाट सहयोग मिलेको बताए। उनले यो प्रणालीलाई देशभर लागू गरेपछि इन्धन चुहावटका घटना पूर्णरूपमा नियन्त्रणमा आउने बताए। ‘यो प्रणाली लागू गर्न ढिलाइ भए पनि सुरु भएको छ, यो लागू गर्न भारतीय आयल कर्पोरेसन र ट्यांकर धानीबाट सहयोग मिलेको छ’, गोइतले भने, ‘अब तेल चोरी भएको समाचार आउने छैनन्। पूर्णरूपमा नियन्त्रण हुनेछ।’

लकिङ प्रणाली घोषणा कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरले इन्धन चुहावटबाट राज्यले घाटा व्यहोर्नुपरेको भन्दै आयल निगमले भिœयाएको नयाँ प्रविधिले चुहावट नियन्त्रणमा सहयोग पुग्नेमा आशावादी रहेको बताए। कार्यक्रममा भारतीय आयल निगमका एसए खान, एसएस बोस, एस       श्रीवास्तव, नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधान, एसोसियसनका महासचिव विश्व अर्याल, बाराका प्रहरी उपरीक्षक मीरा चौधरी, मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाकी प्रहरी उपरीक्षक किरण बज्राचार्यलगायत सहभागी थिए। रक्सौलबाट ताल्चा लगाएर इन्धन लिएर आएको ट्यांकरलाई अमलेखगन्ज डिपोमा स्वागत गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.