सांसदको पहिलो महिनाको तलबले स्कुलमा अक्षयकोष स्थापना

सांसदको पहिलो महिनाको तलबले स्कुलमा अक्षयकोष स्थापना

गोरखा : गोरखा क्षेत्र नं. २ प्रदेश (ख) का सांसद प्रकाशचन्द्र दवाडीले आफ्नो पहिलो महिनाको तलबले गोरखाको एक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्। 

नवनिर्मित भवन उद्घाटन समारोहमा सोमबार सांसद दवाडीले जनकल्याण माध्यामिक विद्यालयमा ५५ हजार पाँच सय ५५ रूपैयाँको अक्षयकोष स्थापना गरेका हुन्। आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत सिरानचोक गाउँपालिका ७ श्रीनाथकोटको सो विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई पढ्न सहज होस् भन्ने उद्देश्यले स्थापित अक्षयकोषका लागि सो रकम सोमबार नै विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरेका छन्। 

सांसद दवाडीले चुनाव जितेलगत्तै आफूले पाउने पारिश्रमिक व्यक्तिगत रूपमा खर्च नगरी निर्वाचन क्षेत्रमा नै खर्च गर्ने घोषणा गरेका थिए। 

अक्षयकोष हस्तान्तरण कार्यक्रममा सांसद दवाडीले आगामी दिनमा पाउने पारिश्रमिकले अरू विद्यालयमा पनि अक्षयकोष स्थापना गर्दै जाने बताए। 

अक्षयकोषको ब्याजबाट आउने रकम विपन्न विद्यार्थीको शिक्षामा खर्च गर्ने विद्यालयले जनाएको छ। 

यसैबीच जनकल्याण माविको नवनिर्मित भवनको प्रदेश नं. ४ का भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले उद्घाटन गरे। १६ कोठे विद्यालय भवन 'असल छिमेकी पोखरा' को सहयोगमा पुनर्निर्माण भएको हो। सो भवन २ करोड ५६ लाख लगानीमा बनेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.