बेदान्ता ग्रुपविरूद्ध प्रदर्शन, प्रहरीको गोलीबाट ९ जना मारिए

बेदान्ता ग्रुपविरूद्ध प्रदर्शन, प्रहरीको गोलीबाट ९ जना मारिए

एजेन्सी: भारतको तमिलनाडु राज्यस्थित तुतीकोरिन जिल्लामा वेदान्ता ग्रुपको कम्पनी स्टरलाइट कपरविरूद्ध हिंस्रक प्रदर्शनमा कम्तिमा ९ जना मारिएका छन् । 

यस घटनामा ४० जना भन्दा धेरै मानिस घाइते भएका छन् । जसमा पत्रकार र क्यामेरा पर्सन पनि परेका छन् । यहाँ केही महिनादेखि मानिसहरू उद्योगविरूद्ध प्रदर्शनरत थिए । उनीहरूले स्टरलाइट कारखानबाट गाउँमा प्रदूषण फैलिरहेको जनाएका थिए । मंगलवार यो विरोध प्रदर्शन हिंस्रक भएको हो । 

यस क्रममा आम सर्वसाधरण र पुलिसबीच झडप भएपछि पुलिसले गोली चलाउँदा नौ जना मारिएका हुन्  । पुलिसका अनुसार प्रदर्शनकारीले पुलिसमाथि ढुंगा बर्साउन थालेपछि सुरूमा लाठीचार्ज गरिएको थियो । पुलिसका अनुसार अवस्था नियन्त्रण बाहिर गएपछि गोली हानिएको हो । 

स्थानीयबासीले यस उद्योगलार्इ बन्द गरिनुपर्ने माग गरिरहेका थिए । स्थानीयबासीले यस कारखानाबाट निस्केको फोहोरबाट प्रदूषण बढ्दा गम्भीर समस्याको संकट खडा भएको थियो । 

यस कम्पनीले हालै मात्र शहरमा अर्को शाखा पनि खोल्ने घोषणा गरेको थियो । विरोध प्रदर्शन चर्किएपछि यस तटीय सहरमा पुलिसको तैनाथी बढाइएको छ । छिमेकी जिल्ला मदुरई र विरुधुनगरबाट अतिरिक्त पुलिस बल झिकाइएको छ । 

स्टरलाइट कपर फ्याक्ट्रीमा के बन्छ ? 

यहाँ पर धातु गलाइन्छ । यहाँ एक सालमै चार लाख टन तामाको तार बनाइन्छ । वेदान्ता ब्रिटेनको कम्पनी हो । यहाँ उसको सहायक कम्पनी छ । तुतीकोरिन जिल्लाको यस यूनिटमाथि प्रदूषणलार्इ लिएर गम्भीर आरोप लागेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.