कीर्तिमानी सातौँ पटक आईपीएलको फाइनलमा चेन्नर्इ
मुम्बई: वानखेड़े स्टेडियममा आईपीएलको पहिले क्वालिफायरमा चेन्नई सुपरकिङ्ग्सले सनराइजर्स हैदराबादलार्इ २ विकेटले पराजित गरेको छ।
यस जीतका साथ चेन्नई कीर्तिमानी सातौँ पटक आईपीएल फाइनलमा पुगेको छ। यो सिजनमा हैदराबादको यो लगातार चौथो हार हो । चेन्नईले १४० रनको लक्ष्य १९.१ ओभरमा ८ विकेट गुमाउँदै भेट्टाएको हो । फाफ डु प्लेसीले चेन्नर्इका लागि सबैभन्दा धेरै ६७ रन बनाए ।
उनले यस सिजनमा पहिलो अर्धसतक पनि बनाए । ओपनिङमा आएका डुप्लेसीले ९ जना ब्याट्सम्यानसँग साझेदारी गरे । यसअघि टस हारेर ब्याटिङ गर्न उत्रेको हैदराबादले २० ओभरमा ७ विकेट गुमाउँदै १३९ रन बनाएको थियो। कार्लोस ब्र्याथवेटले ४३ रन बनाए भने ड्वेन ब्राभोले २ विकेट लिए ।
चेन्नईको पहिलो विकेट शून्यको स्कोरमा खस्यो । भुवनेश्वर कुमारले शेन वाट्सनलार्इ शून्यमै आउट गरिदिए। सिद्धार्थ कौलले लगातार २ बलमा सुरेश रैना र अंबाती रायुडूलार्इ बोल्ड गरे। चेन्नईका तीन विकेट ३.४ ओभरमा २४ रन भित्र झरे ।
त्यसपछि राशिद खानले महेन्द्र सिंह धोनीलार्इ ९ रनमै बोल्ड गरिदिए । राशिदले धोनीपछि ड्वेन ब्राभोलार्इ पनि आउट गरे । सन्दीप शर्माले रविन्द्र जडेजालार्इ ३ तथा दीपक चाहरलार्इ १० रनमै आउट गरे ।
सिद्धार्थ कौलले लगातार २ बलमा सुरेश रैना र अंबाती रायुडूलार्इ बोल्ड गरे। चेन्नईका तीन विकेट ३.४ ओभरमा २४ रन भित्र झरे । त्यसपछि राशिद खानले महेन्द्र सिंह धोनीलार्इ ९ रनमै बोल्ड गरिदिए । राशिदले धोनीपछि ड्वेन ब्राभोलार्इ पनि आउट गरे । सन्दीप शर्माले रविन्द्र जडेजालार्इ ३ तथा दीपक चाहरलार्इ १० रनमै आउट गरे ।
पहिले ब्याटिङ गरेको हैदराबादको शुरुवात खराब रह्यो। दीपक चाहरले खेलको पहिलो बलमा शिखर धवनलार्इ शून्यमा बोल्ड गरिदिए । त्यसपछि विलियम्सनले पहिलो ओभरमा चाहरलार्इ तीन चौका मारे । त्यसपछि ४.२ ओभरसम्म ३६ रनसम्म पुग्दा तीनै विकेट गिरे ।
चाहरपछि लुंगी एन्गिडीले श्रीवत्स गोस्वामीलार्इ १२ रनमा पेभेलियन पठाए । शार्दुल ठाकुरले केन विलियम्सनलार्इ २४ रनमा आउट गरे । मनीष पान्डेय ८ रनमा रविन्द्र जडेजाको शिकार बन्नुपर्यो । ड्वेन ब्राभोले आफ्नो पहिलै ओभरमा शाकिब अल हसनलार्इ १२ रनमा आउट गरे ।