छिमेकीको बन्चरो प्रहारबाट मृत्यु
फुङलिङ : सामान्य विवादमा छिमेकीले बञ्चरो प्रहार गर्दा एक जनाको मृत्यु भएको छ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ चाँगे निवासी ३५ वर्षीय किशोर लिम्बुको उपचारका क्रममा मृत्यु भएको हो।
सोमबार साँझ नै उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङमा ल्याईएका घाइते लिम्बुको उपचारका क्रममा मंगलबार विराटनगरस्थित एक अस्पतालमा मृत्यु भएको हो। बन्चरो प्रहार गर्ने लिम्बुलाई लाई भने नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बस्नेतले बताए।