मन्त्री र सचिवबीचको विवाद छताछुल्ल

मन्त्री र सचिवबीचको विवाद छताछुल्ल

सुर्खेत : कर्णालीको विकास र शान्तिसहित सुरक्षित प्रदेशको रणनीति तयार पार्न मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कुनैपनि हालतमा नागरिकलाई असुरक्षा हुन नदिने प्रतिबद्धता जनाएका थिए। तर, एकदिनपछि बुधबार नै प्रदेशका मन्त्रालयका कर्मचारीले आफ्नै कार्यकक्षमा असुरक्षित भएको बताएका छन्। कर्णाली प्रदेश उद्योग, पर्यटन तथा वन मन्त्रालयमा भने मन्त्री र सचिवबीच आन्तरिक द्वन्द्वका कारण सचिवले काम गर्नको लागि असुरक्षाको वातावरण सिर्जना भएको गुनासो गरेका छन्। 

मन्त्रीका स्वकीय सचिवले कार्यकक्षमा नै गएर सचिवलाई धम्क्याएपछि उनले प्रहरी बोलाएर थुनाएका थिए। बुधबार दिउँसो मन्त्री नन्दसिंह बुढाका स्वकीय सचिव डम्बर बुढा र सचिव विद्यानाथ झाबीचमा हात हालाहालको स्थिति सिर्जना भएपछि मन्त्रालयभित्रको विवाद छताछुल्ल भएको हो। मन्त्री नन्दसिंह बुढा र मन्त्रालयका सचिव विद्यानाथ झाबीच भएको आन्तरिक कलहका कारण काम काजसमेत प्रभावित बनेको छ। सचिव झाबाट असहयोग भएको आरोप मन्त्री बुढाले विगतदेखि लगाउँदै आएका थिए। मन्त्री र सचिवबीच भएको अन्तर द्वन्द्वले मन्त्रालयको महत्वपूर्ण कानुन निर्माणमा ढिलाई हुने देखिएको छ। 

मन्त्री बुढाका स्वकीय सचिव डम्बर बुढासहितका व्यक्तिले बुधबार मन्त्रालयका सचिव झामाथि हातपात प्रयास गरेका छन्। कार्यकक्षमै स्वकीय सचिव बुढा, जगत सिंह, हरिप्रसाद तिवारीलगायतले सचिवमाथि हातपातको प्रयास गरेपछि मस्यौदा माथिको छलफल हुन सकेन्। उनका अनुसार उक्त विधेयकको मस्यौदा माथिको छलफलका लागि बुधबार कर्मचारीको बैठक बोलाइएको थियो। 

‘मन्त्री ज्यूलाई कर्मचारीले प्रयोग गरेको अवस्था छ’, कर्मचारीको नाम उल्लेख नगरी आरोप लगाउँदै उनले भने, ‘अनियमितता रोक्न खोज्दा एक जना कर्मचारी लगाएको कुराकै भरमा सरुवा गर्ने अभिव्यक्ति मन्त्रीबाट आएको छ। मन्त्रीनिकटका कर्मचारीबाटै भएको गलत व्यवहारले ठूलो दुर्घटनाबाट जोगिइएको छ।’

गत वैशाख १ गते कर्णाली प्रदेश सरकारले मुगुको रारातालबाट सुरु गरेको कर्णाली–रारा पर्यटन वर्ष उद्घाटनका क्रममा व्यक्तिगत रकम खर्च भएको भन्दै स्वकीय सचिव बुढाले सचिव झासँग रकम माग्ने गरेका थिए। ‘अनियमित रकम’ दिन नमिल्ने बताएपछि युवालाई ल्याएर आफूमाथि कुटपिट प्रयास भएको सचिव झाको गुनासो छ। बुढाले  हातपात गर्न खोजेपछि प्रहरीले तीनै जनालाई पक्राउ गरेको केही समयपछि छोडेको थियो। मदिरा सेवन गरेर हातपात गर्न खोज्ने मन्त्रीका स्वकीय सचिव बुढासहित पक्राउ परेका युवालाई सचिव झाले नै छुटाएका थिए। 

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकबाट मन्त्रालयले पर्यटन ऐनको मस्यौदा तयारका लागि सैद्धान्तिक सहमति जुटिसकेको छ। मन्त्रालयमा काम गर्ने वातावरण नभएकाले महत्वपूर्ण कानुन निर्माणमा कठिनाई भएको सचिव झाको आरोप छ। आफूले मन्त्रालयमा हुने अनियमिता रोक्न गरेका क्रियाकलाप मन्त्रालयमा कार्यरत कर्मचारी आजित भएको उनले बताए। उनका अनुसार कर्मचारीहरुबाट विभिन्न वाहानामा पटक–पटक पैशा माग्ने काम भएको छ। 
‘९७ हजार पर्ने ल्याप्टप ८९ हजारमा खरिद गरिएको छ, कुनैपनि हालतमा आर्थिक चलखेल नहुन काम गरिएको छ’ उनले भने, ‘कर्णाली प्रदेशको विकासका लागि सक्दो सहयोग गरिएको छ, सत्यका म सँधै अगाडि हुन्छु।’ मन्त्रीले आफूमाथि असहयोग गरेको आरोप लगाउँदै सरुवा गर्ने चुनौती दिएको बताए। 

‘मन्त्री ज्यूबाट सरुवा गरिदिन्छु भन्ने अभिव्यक्ति आएको छ, यस्तो दैनिक दबाबमा कसरी काम गर्न सकिन्छ ?’ उनले उल्टै प्रश्न गरे। आर्थिक अनियमिता रोक्न आफूले गरेका क्रियाकलापले हैरानी भएर मन्त्रीनिकटका कर्मचारीले नै हातपात समेत गर्न खोजेको उनको आरोप छ। यता, मन्त्री नन्दसिंह बुढाले सचिव झा र स्वकीय सचिवबीच कुनै विवाद नभएको बताएका छन्। ‘ठूलो विवाद  भएको होइन्, सचिव आवेगमा आएकाले स्वकीय सचिवलाई प्रहरीले पक्राउ गरी छाडिसकेको छ, म काठमाडौंमा छु, मन्त्रीले भने अनुसारको काम सचिवले देखाउनुपर्छ, मन्त्री र कर्मचारी भएपछि एउटै परिवार भएर काम गरेर अगाडी बढ्ने हो।तर सचिवले मन लगाएर काम गरेको देखिएन’, उनले भने।  मन्त्रालयमा कुनै अनियमितता नरहेको भन्दै उनले सचिवले कर्मचारी प्रशासन र आफूमाथि लगाएको सबै आरोप गलत भएको बताए। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.