अन्तुमा प्याराग्लाइडिङ परीक्षण सफल

अन्तुमा प्याराग्लाइडिङ परीक्षण सफल

इलाम : इलामको पर्यटकीय गन्तव्य अन्तुमा प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ। एक दशकभन्दा बढीदेखि स्वदेशी र विदेशी पर्यटक भिœयाउन कस्सिएका अन्तुवासीले पर्यटन प्रवद्र्धन गर्न प्याराग्लाइडिङ सुरु गरेका हुन्।

सदरमुकामका विभिन्न स्थानमा परीक्षणको प्रयास गरेको टोली अन्तु पनि पुगेको हो। परीक्षण सफल भएकोमा स्थानीय वासिन्दाले हर्ष व्यक्त गरेका छन्। अन्तुबाट महेन्द्रबेसी सिद्धिखोलासम्म सफल परीक्षण उडान गरिएको इलाम सोसाइटी युकेका सस्थापक अध्यक्ष सुमित्रा लाबुङ राईले बताइन्। मंगलबार दिउँसो १५ मिनेटसम्मको उडान सफल भएको थियो। उडानमा प्याराग्लाइडिङ पाइलट विवेक शम्शेर राणा उडेका थिए।

अन्तुवासीले इलाममा प्याराग्लाइडिङको सम्भावना र उडान परीक्षणका लागि आएका टोलीलाई भव्य स्वागत गरेका थिए। यसअघि इलामको इलाम नगरपालिकाको सुकिलुम्बा विमानस्थलमा उडानको अभ्यास गरिएको थियो। त्यस समयमा मौसम प्रतिकूल भएका कारण उडान सफल भएको थिएन। केही वर्ष अन्तु महोत्सवका वार्षिक शृंखला पार गरेपछि पछिल्लो समय पर्यटकीय प्रमुख गन्तव्यको सूचीमा पर्न थालेको छ। अधिकांश पर्यटकको पहिलो वास अन्तुमा हुने गरेको छ। कात्तिक लागेसँगै सूर्योदयको मनमोहक दृश्य हेर्न यहाँ पर्यटकको भीड बढ्ने गर्छ। प्याराग्लाइडिङ सफल भएसँगै अन्तुमा पर्यटकको आगमन बढ्ने स्थानीयको अपेक्षा छ।

अन्तुमा भारत, भुटानलगायत देशबाट पर्यटक आउने गर्दछन्। यसको अलवा होमस्टे, चियावारीको रमाइलो पन तथा अन्तु पोखरीको मनमोहक दृश्यमा मन भुलाउन पनि पर्यटक आउने गरेको अन्तु पर्यटन समितिका अध्यक्ष धनकुमार आले बताउँछन्।

अन्तुमा लोपन्मुख लेप्चा जातिको कला, संस्कृति र साहित्यको अवलोकन र अध्ययनका लागि पनि बर्सेनि सयाैं पर्यटक आउने गरेको आलेको भनाइ छ।

अन्तुमा ४० भन्दा बढी होमस्टे सञ्चालनमा छन्। चियाबारीको बीचमा तीनवटा रिसोर्ट सञ्चालनमा छन्। पहिलेपहिले सूर्योदयको मनमोहक दृश्य देखिने समयमा मात्र आउने पर्यटक हाल यातायातको सहजताका कारण अन्य महिनामा पनि आउन थालेको समितिका अध्यक्ष आले बताउँछन्।

३६ डिग्री सेल्सियस तापक्रमसम्मका स्थानमा प्याराग्लाइडिङ सञ्चालन गर्न सकिन्छ। प्याराग्लाइडिङका लागि हावाको वहाव द्रुत हुनुपर्ने र त्यो दृष्टिले इलाम उपयुक्त ठाउँ हुन सक्न प्याराग्लाइडिङ सम्भावना अध्ययनका लागि आएकी राईले बताइन्। सम्भावना अध्ययनका लागि राई, प्याराग्लाइडिङ पाइलट विवेक शम्शेर राणा र विनोद लावती आएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.