सडक निर्माणमा ढिलासुस्ती गर्ने दुई ठेकेदार समातिए

सडक निर्माणमा ढिलासुस्ती गर्ने दुई ठेकेदार समातिए

दाङ: तोकेको समयमा निर्माणको काम पुरा नगरेको भन्दै दाङमा दुईजना निर्माण व्यवसयी पक्राउ परेका छन् । २०७१ सालदेखि निर्माण सुरु भएको घोराही र तुलसीपुरको चार लेन सडक निर्माणको जिम्मा पाएका दुई निर्माण ब्यवसायीलाई बिहीबार पक्राउ गरिएको हो । 

दाङका प्रहरी प्रमुख दुर्गा सिंहका अनुसार घोराहीको सडक र केही पुल निर्माणमा ढिलासुस्ती गरेको भन्दै निर्माण व्यवसायी पदम शर्मालाई घोराहीबाट पक्राउ गरिएको हो ।

त्यसैगरी तुलसीपुर सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै निर्माण व्यवसायी प्रकाश महतरालाई तुलसीपुरबाट पक्राउ गरिएको सिंहले जानकारी दिइन् । 

उनले अन्य निर्माण व्यवसायीहरुको सूची तयार पारेर खोजीकार्य तीब्र पारिएको जानकारी दिइन् । जिल्लामा निर्माणको काममा ढिलासुस्ती गर्ने ३५ बढी योजनाहरु रहेको पाइएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.