संसदीय समितिका सदस्य हेरफेर

संसदीय समितिका सदस्य हेरफेर

धनगढी : प्रदेश ७ मा शुक्रबार बसेको संसद बैठकले संसदीय समितिका दुई सदस्यको जिम्मेवारी हेरफेर गरेको छ। यसअघि सामाजिक विकास समितिको सदस्य रहेका सांसद लिलाधर भट्टलाई विधायन तथा प्रदेश मामिला समितिमा र विधायन तथा प्रदेश मामिला समितिमा रहेकी शुशिला बुढाथोकीलाई सामाजिक विकास समितिमा तोकिएको सभामुख अर्जुनबहादुर थापाले संसदलाई जानकारी गराए।

दुबै सांसदले रुचिअनुसार समितिमा बस्ने निवेदन पेश गरेपछि बैठकबाट जिम्मेवारी हेरफेर गरिएको सभामुख थापाले संसदलाई जानकारी गराए।

बैठकले संसदले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफाबार छलफलका लागि अर्थ विकास तथा प्राकृतिक श्रोत समितिमा पठाएको छ।

बैठकमा सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले पेश गरेको स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धीमा बनेको विधेयकमाथि भएको छलफल पछि समितिमा पठाइएको छ।

मन्त्री सोडारीले संसदलाई सम्बोधन गर्दै केन्द्रको कानुन र अर्थ मन्त्रालयको निर्देशनअनुसार विधेयक तयार भएको र जिल्ला समन्वय समितिका सदस्य, स्थानीय तह कार्यपालिका सदस्य र वडा सदस्यले विभिन्न ठाउँमा राखेका मागलाई ध्यानमा राखेर देश सरकारको संसदीय समितिले विधेयक तयार गर्ने जानकारी दिए।

यस्तै, मन्त्री सोडारीले पेश गरेको सार्वजनिक लिखित प्रमाणिकरण कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई दफाबार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.