१३ वर्षपछि साँफेबगर विमानस्थल पुन:सञ्‍चालनमा

१३ वर्षपछि साँफेबगर विमानस्थल पुन:सञ्‍चालनमा

अछाम : अछामको साँफेबगर विमानस्थलको शुक्रबार उडान परीक्षण गरिएको छ।उक्त विमानस्थल विगत १३ वर्षदेखि बन्द रहेको थियो। विमानस्थलको कालोपत्रे, रनवेलगायत काम सम्पन्न भएपछि आज समिट एयरको १९ सिटे विमानले परीक्षण गरेको हो।समिट एयरको जहाज बिहान १०:३० बजे हुम्लाको सिमिकोटबाट साँफेबगर विमास्थलमा अवतरण भएको थियो।

तत्कालीन विद्रोही माओवादीले २०५८ फागुन ४ गते साँफेबगर विमानस्थलको टावर ध्वस्त बनाएको थियो।बीचमा केही समय विमानस्थल सञ्चालन आएपनि पुनः २०६३ सालदेखि पूर्णरूपमा बन्द विमानस्थल गौचरणमा परिणत भएको थियो। 

निर्माण जिम्मा पाएको अमर कन्स्ट्रक्सनले निर्माणको काम करिब पूरा भएको बताएको छ। विमानस्थलको ५ सय ५० मिटर लम्बाई र २० मिटर चौडाई भागमा कालोपत्रे गरिएको छ।  विमानस्थलको भ्याटसहित ११ करोड ५० लाखको लागतमा कालोपत्रे भएको छ।

पहाडी क्षेत्रका विमानस्थल मध्ये साँफेबगर विमानस्थल विमान अवतरणका लागि सबैभन्दा उपयुक्त मानिएको छ। पाइलट एडी शेर्पाले विमानस्थल एकदमै राम्रो भएको र दुई दिनमै सरकारलाई प्रतिवेदन बुझाउने जानकारी दिए। 

अनुमती पाए आफू विमान ल्याण्ड गर्न तयार रहेको बताए।साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवरले सरकारले साँफेबगर विमानस्थललाई आफ्नो सय दिनभित्रको कार्यअन्र्तगत राखेर विमान अवतरण भएकोमा खुशी व्यक्त गरे।

नगर प्रमुख कुँवरले विमानस्थल उपयुक्त रहेको बताए। प्रदेश ७ को २ वटा विमानस्थल रहेको एक मात्र पहाडी जिल्ला अछाम हो। अछामको मुख्य व्यापारिक केन्द्र साँफेबगर र कमल बजारमा गरी दुई स्थानमा विमानस्थल छन्। जिल्लामा २ वटा विमानस्थल भए पनि कुनै पनि सञ्चालनमा नहुँदा स्थानीयले लाभ लिन सकेका छैनन्।  

विमानस्थल सूचारु भए आवतजावतमा सजिलोका साथै उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्नेमा कमी आउने स्थानीयबासीको बुझाइ छ। २०२४ सालमा निर्माण सुरु भएको साँफेबगर विमानस्थल २०३२ सालबाट सञ्चालनमा आएको थियो।२०४४ सालदेखि २०५८ सालसम्म साँफेबगर विमानस्थल निरन्तर सञ्चालनमा रहेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.