मेयर नभएपछि कार्यालय सहायकलाई ज्ञापनपत्र

मेयर नभएपछि कार्यालय सहायकलाई ज्ञापनपत्र

पोखरा : युवा संगठन राष्ट्रिय युवा अभियानले फेवातालको अतिक्रमण हटाउन सर्वोच्च अदालतबाट भएको फैसला कार्यान्वयन गर्न पोखरा लेखनाथ महानगरपालिकासँग माग गरेको छ। फेवा अतिक्रमण गरेका संरचना भत्काउन १६ वैशाखमा अदालतले सरकारलाई आदेश दिएको थियो। 

नयाँ शक्तिनिकट युवाले शुक्रबार उक्त मागसहितको ज्ञापनपत्र महानगरपालिकामा बुझाए। कार्यालयमा मेयर, उपमेयर र कार्यकारी अधिकृत नभएपछि कार्यालय सहायकलाई मागपत्र थमाएको युवा अभियानका सौगात पोखरेलले बताए। 

छाडा चौपायाहरुको तस्बिरसहितको फ्लेस टाँसेर स्मार्ट सिटी बनाउने मेयर मानबहादुर जिसीको पूर्वघोषणाप्रति व्यङ्ग्य गरेका थिए। युवाले महानगरसँग सर्वोच्च अदालतले फेवातालमा देखिएको अतिक्रमण हटाउन आदेश दिँदा समेत किन हटाइएको छैन रु शंका लागेको छ भनेका छन्। ‘सर्वोच्चको आदेश तत्काल कार्यान्वयन गर्न र बृहत फेवाताल अभियान चलाउन जोडदार माग गदर्छौँ’, उनीहरुले बुझाएको ज्ञापनपत्रमा भनिएको छ। 

सार्वजानिक सम्पतिको अतिक्रमण हटाउन, छाडा चौपाय व्यवस्थापन गर्न, युवा स्वरोजगार कार्यक्रम थालनी गर्न र खाल्डाखुल्डी परेका सडक मर्मत गर्न र बिजुली लगायतका तार भूमिगत गर्न माग गरेका छन्। 

महानगरलाई बुझाउनुपर्ने कर अनलाइन भुक्तानी गर्न मिल्ने प्रविधिको विकास गर्न र ट्राफिक व्यवस्थापनका लागि मुख्य चोकहरुमा आकाशे पुल निर्माण गर्न पनि युवाहरुले माग गरेका छन्। प्रत्येक चोकहरुमा सार्वजानिक शौचालय निर्माण गर्नुपर्ने पनि उनीहरुको माग छ। माग पूरा नगरे आन्दोलनमा उत्रने उनीहरुको चेतावनी छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.