अवैध सम्बन्धपछि जन्मेको शिशुको हत्या, दुईजना पक्राउ
महेन्द्रनगरः नवजात शिशुको हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दुईजनालाई पक्राउ गरेको छ ।
अनैतिक सम्बन्धबाट गर्भ बसेपछि बिहीवार जन्मेको शिशुको हत्या गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको हो । भीमदत्त नगरपालिका–१३ की ३० वर्षीया गंगा ओखेडा र त्यही ठाउँ बस्ने वर्ष १९ का सन्तोष ओखेडाबीच अनैतिक सम्बन्धपछि जन्मेको शिशुको विहीवार दुवैले हत्या गरेको प्रहरीले जनाएको छ ।
अनैतिक सम्बन्धबाट बिहीवार बिहान साढे २ बजे शिशुको जन्म भएपछि दिउँसो १ बजेको समयमा हत्या गरिएको खुल्न आएको छ । अनैतिक सम्बन्ध राखेर बसेको गर्भबाट जन्मेको शिशुको हत्या गरेको आरोप लागेकी गंगाका पति वैदेशिक रोजगारीका लागि कतारमा रहेको प्रहरीले जनाएको छ ।
दुवैजनाको सहमतिमा उक्त नवजात शिशु मारेको खबर आएपछि प्रहरीको टोलीले पक्राउ गरेको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । नवजात शिशुको शव परीक्षणका महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस !