विश्वकप खेलाइने 'कजान' रंगशाला
आगामी विश्वकप फुटबलका केही खेल कजान रंगशालामा पनि खेलाइनेछ। सन् २०१० मा सुरु गरेर सन् २०१३ मा यो रंगशालाको निर्माण कार्य पूरा गरिएको थियो। यो रंगशाला बाहिर विशाल टेलिभिजन स्क्रिन राखिएको छ, जुन युरोपकै सबैभन्दा ठूलो हो। कजान एरिनामा फुटबल रंगशालासँगै अन्य खेलका सुविधा सम्पन्न भौतिक पूर्वाधार पनि रहेका छन्।
यो रंगशाला निर्माण गर्न ४५ करोड अमेरिकी डलर खर्च भएको थियो। कजान स्पोर्ट्स एरिनामा सबैभन्दा पहिले सन् २०१३ मा गृष्मकालीन युनिभर्सियाड खेलकुदको उद्घाटन र समापन समारोह आयोजना गरिएको थियो। यो रंगशाला ४५ हजारभन्दा बढी दर्शक क्षमताको रहेको छ। यो रंगशालालाई रुसको ‘ए’ डिभिजन फुटबल क्लब रुविन कजानले आफ्नो घरेलु मैदानका रूपमा प्रयोग गर्दै आएको छ।
यसैगरी सन् २०१७ मा फिफा कन्फिडरेसन्स कप फुटबलको केही खेल पनि यो रंगशालामा खेलाइएको थियो। आगामी जुन १४ देखि जुलाई १५ तारिखसम्म आयोजना हुने विश्वकप फुटबलका ६ वटा खेल यो रंगशालामा खेलाइनेछ। समूहगत चरणमा फ्रान्स र अस्ट्रेलिया (जुन १६), इरान र स्पेन (जुन २०), पोल्यान्ड र कोलम्बिया (जुन २४) तथा दक्षिण कोरिया र जर्मनी (जुन २७) बीचको खेल यो रंगशालामा खेलाइनेछ। यसैगरी जुन ३० मा अन्तिम १६ टोलीबीचको एक खेल र जुलाई ६ मा एउटा क्वार्टरफाइनल खेल पनि यही रंगशालामा खेलाइनेछ।
प्रतिक्रिया दिनुहोस !