दाङमा झाडापखाला फैलियो : औषधि अभाव
दाङ : दाङको शान्तिनगर गाउँपालिकाका झाडापखालाको महामारी देखिएको छ। शान्तिनगर गाउँपालिका केही गाउँ दुई दिनदेखि झाडा पखालाबाटै पुरै प्रभावित भएपछि स्वास्थ्यकर्मीको टोली अहिले उपचारमा खटिएको छ।
शान्तिनगर ३ चिराघाट लगायतका क्षेत्रमा शुक्रबार रातिदेखि देखिएको झाडापखालाको महामारी अहिलेसम्म नियन्त्रणमा आउन नसकेको शान्तिनगर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरी पुनले बताए। उनका अनुसार अहिलेसम्म १० जनाको स्वास्थ्यकर्मीको टोली उपचारमा खटिएको भए पनि महामारी नियन्त्रणमा लिन सकिएको छैन। उनले अहिले औषधि समेत अभाव भए पछि जिल्ला र क्षेत्रलाई खबर गरेर औषधि मंगाइएको बताए।
गाउँका सबै बिरामी परेको र औषधि अभाव भएको उनको भनाइ छ। ‘उपचारमा किहानैदेखि हामी खटिरहेका छौ। तर, पनि नियन्त्रण गर्न सकिएको छैन’, उनले भने, ‘जनशक्ति पनि कम भयो औषधि पनि अभाव छ। गाउँपालिका र आसपासका क्षेत्रमा भएको सबै औषधि खपत भइसक्यो।’