प्रदेश राजधानीमा बढदै सवारी चाप

प्रदेश राजधानीमा बढदै सवारी चाप

धनगढी : धनगढीलाई प्रदेशको राजधानी तोकेपछि मुख्य बजारमा सवारीको चाप अत्यधीक बढेको छ। ट्राफिक चौराह देखि क्याम्पस चोकसम्मको धनगढी बजार क्षेत्र झण्डै झण्डै डेढ किलोमिटर लामो छ। १२ देखि १५ किलो मिटर मात्रै चौडा भएको सडकले बढ्दो सवारी चाप धान्न गाह्रो भई रहेको हो।

म्ख्य बजार क्षेत्रमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, संसद सचिवालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक योजना मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र कृषि सहकारी तथा भुमीसुधार मन्त्रालय स्थापना भएपछि सवारी चाप बढेको हो।

अझ प्रदेश प्रमुखको कार्यालय, आवाश, बन वातावरण तथा पर्यटन मन्त्रालय र मन्त्रीहरुका आवास पनि मुख्य बजारकै चार÷पाँच सय मिटरको दुरीमा भएकाले पनि त्यहाँ आउने जाने बेला बजारमा जाम नै हुने गरेको छ। ‘धनगढीको मुख्य बजारमै कर्णाली रिभर साईडको बसपार्क र सुदूरपश्चिम यातायातको बसपार्क भएकाले पनि मुख्यमन्त्री, मन्त्री आउने जाने बेला जाम हुने गरेको छ’ धनगढीको मुख्य बजारका ब्यापारी शिवराज जोशीले भने।

उनले बजार क्षेत्रमा आफ्नै नीजि कार ल्याएर आउने भारतीय पर्यटकहरुका लागि पार्किङ पनि नभएको, त्यसैमा इरिक्साको बढदो संख्याले पनि बजारमा सवारी आवागमनमा समस्या भईरहेको बताए।

दुबै बसपार्क बाट आएका सार्वजनिक सवारीका साधनहरुले सडकमा गाडी लगाएर यात्रु खोज्ने प्रबृतीले पनि बजारमा सवारीको चाप थेगी नसक्नु भएको छ। बसपार्क धनगढी मुख्य बजारमा भएकाले गाडी चढ्नका लागि यात्रुहरु पनि सडकमै झुम्मिने गर्छन।

धनगढीको मुख्य बजारमा विद्यालय र कार्यालय समयमा दिनहुँ जाम हुने गरेको छ। साघुँरो सडक भएकाले पनि जाम हुन थालेको हो। सडकको चौडाइ तत्काल बढाउन नसकिने भएकाले जिल्ला ट्राफिक कार्यालय कैलालीले विहानको कार्यालय समय र बेलुका कार्यालय छुटने समयमा धनगढीको मुख्य बजारमा मालवाहक गाडिहरुलाई प्रवेशमा रोक लगाएको छ।

‘साँघुरो सडकमा जथाभावी गाडी रोक्ने र ब्यापारिक सामान लोडअनलोड गर्नेले पनि अप्ठ्यारो पारेका छन’ जिल्ला ट्राफिक कार्यालय धनगढीका प्रमुख दिपक पातलीले भने ‘त्यसैले कार्यालय खुल्ने र छ्टने समयमा मालवाहक सवारी साधनलाई मुख्य बजार प्रवेशमा रोक लगाइएको हो।’

झण्डै ३० वटा बैंक पनि मुख्य बजारमै भएकाले बैंकिङ कारोबार गर्नेहरुका कारण पनि बजारमा भीडभाड हुने गरेको छ। सडकलाईलाई कब्जा गर्ने गरी चल्ने विद्युतीय रिक्साहरुले त झनै पैदल यात्रुहरुलाई समेत हिडडुल गर्न समस्या भैरहेको छ।

धनगढीको मुख्य बजारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय बाहिरको सडक बाहेक कतै पनि जेब्रा क्रसिङ छैन। जसकारण मन्त्रालय, बैंक, विद्यालय र कार्यालय जानेहरु समस्या परेका छन। सेती अञ्चल यातायात व्यवस्था कार्यालय कैलालीका अनुसार यातायात कार्यालय धनगढीमा दर्ता भएका २६ सयको हाराहारीमा विद्युतीय रिक्सा छन्। अझ धनगढी उप महानगरपालीकामा मात्रै ७ सय भन्दा बढी विद्युतीय रिक्सा दर्ता रहेका छन।

तर धनगढी उपमहानगरपालिकामा गत वर्षबाटै लागु भएको एशीयाली विकास बैंक (एडिबी) को ऋण लगानीको नेपाल सरकारको क्षेत्रीय शहरी विकास आयोजनाले पुर्वाधार निर्माण गरेपछि मात्रै सडक फराकिलो हुने छ।

नेपाल सरकारले उक्त आयोजनाका लागि धनगढीको सडक, ढल र फोहमैला ब्यवस्थापनमा मात्रै साढे तीन अर्व लगानी गर्दैछ। अहिले परामर्षदाता कम्पनी बिडिएले त्यसको सर्भे गरिरहेको छ।

‘क्षेत्रीय शहरी विकास आयोजनाले पुर्वाधार निर्माण गरेपनि मात्रै सडकमा सवारीको चाप ब्यवस्थापन हुनेछ’ धनगढी उपमहानगरपालिका रहेका मेयर नृपबहादुर वडले भने। उनले अहिलको मुख्य सडक ३० मिटरको चौडा हुने गरी सर्भे भईरहेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.