गोली प्रहार गरी साढे ९ लाख लुटियो

गोली प्रहार गरी साढे ९ लाख लुटियो

धनगढी : बैंकबाट पैसा झिकेर आईएमई सेन्टर जाँदै गरेका एक व्यक्तिमाथि गोली प्रहार भएको छ। प्रदेश नम्बर ७ को राजधानी धनगढी चौराहस्थित सिद्धार्थ बैंकबाट पैसा झिकेर निस्केका आईएमई सेन्टरका कर्मचारी निर्मलकुमार कार्कीमाथि सेन्चुरी बैंकअगाडि गोली प्रहार भएको हो।

सिद्धार्थ बैंक र सेन्चुरी बैंकको दूरी करिब दुई सय मिटर छ। बिहान पौने १० बजे सिद्धार्थ बैैंकबाट साढे ९ लाख रुपैयाँ झोलामा बोकेर साइकलमा कार्यालय जाँदै गरेका कार्कीमाथि गोली प्रहार गरी अज्ञात समूले पैसा लुटेको हो।

मोटरसाइकलमा आएका दुई जना व्यक्तिले गोली प्रहार गरी पैसा लुटेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।  कार्कीको पाखुरा र छातीमा गोली लागेको छ।

बैंकबाट साइकलमा निस्केको केही मिनेटमै कार्कीलाई पिछा गरिरहेका लुटेराले चौराहमा रहेको सेन्चुरी बैंकअगाडि गोली प्रहार गरी पैसाको झोला लुटेर लगेको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि सेती अञ्चल अस्पताल लगिएको छ।

गोली प्रहार गर्ने व्यक्तिहरूले लु ४० प ४४३८ नम्बरको मोटरसाइकल प्रयोग गरेको प्रत्यक्षदर्शीहरुले बताएको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट पेस्तोलको गोली समेत बरामद गरेको छ।

लुटेराहरूको खोजी भइरहेको प्रहरी उपरीक्षक घिमिरेले बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.