ज्वाइँ बचाउन जाँदा ससुराकै हत्या

ज्वाइँ बचाउन जाँदा ससुराकै हत्या

विराटनगर : मोरङको सुनवर्षी नगरपालिका-९ प्रगतिटोलका स्थानीय युवाको आक्रमणमा परेका  ज्वाइँ जोगाउन गएका एक वृद्धको शनिबार राति हत्या भएको छ। 

७० वर्षीय रामेश्वर ऋषिदेवको राति साढे १० बजे हत्या भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक संजीवबाबु खड्काले बताए। स्थानीय २८ वर्षीय राजेश सहनी, २५ वर्षीय श्रवण सहनी र ३० वर्षीय बेचन सिंहको समूहको आक्रमणमा परेर ऋषिदेवको मृत्यु भएको हो। 

आक्रमणमा परेर गम्भीर घाइते भएका वृद्धको उपचारका लागि स्थानीय क्लिनिक पुर्‍याउने वित्तिकै मृत्यु भएको जानकारी प्रनि खड्काले दिए। 

प्रहरीका अनुसार घटनामा संलग्न सबै ज्याला मजदुर हुन्।काम गरेर घर फर्कने क्रममा तीनैजनाले मादक पदार्थ सेवन गरेको खड्काले बताए। उनका अुनसार मादक पदार्थ सेवन गरेर घर फर्कदै गर्दा बाटोमा रामेश्वरका छोरी ज्वाई ३५ वर्षीय दिन्वा ऋषिदेवसँग उनीहरुको भेट भयो। रामेश्वरकै घर अगाडि भेट हुनासाथ दिन्वासँग उनीहरुको झगडा पर्न थालेको हो। प्रहरीका अनुसार दिन्वा र बेचनबीच पुरानै लेनदेन थियो। 

'पुरानो लेनदेनका विषयमा विवाद बढ्दै गएपछि तीनैजना मिलेर दिन्वालाई कुटपिट गर्न थालेछन्,' प्रनि खड्काले भने, 'आफ्नो घरै अगाडि ज्वाइँमाथि कुटपिट हुन थालेपछि जोगाउन गएका वृद्धाकै हत्या भएको हो।'

दुईपक्षबीचको झगडा छुट्याउने क्रममा वृद्धामाथि नै आक्रमण भएको उनले बताए।आक्रमणमा परेर त्यहीं ढलेका रामेश्वरको आधा घण्टा वित्न नपाउँदै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न तीनैजनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ परेका उनीहरुविरुद्ध अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.