पर्यटन प्रवद्र्धन गर्न होमस्टे

पर्यटन प्रवद्र्धन गर्न होमस्टे

धनगढी : प्रदेश ७ को प्रमुुख पर्यटकीयस्थल खप्तड भ्रमणका लागि काठमाडौंबाट निस्केको पर्यटन व्यवसायीको टोलीले बाटोमा खाने परिकार ‘जंकफुुड’ मात्र हात पारे।

धनगढीमा खप्तड पुुगेपछिको अनुुभव आदानप्रदान गर्न आयोजना भएको कार्यक्रममा पर्यटन व्यवसायी सोट्टाका निवर्तमान अध्यक्ष यमबहादुुर खड्काले भने, ‘खप्तड भ्रमण गर्ने उद्देश्यले काठमाडौंबाट खप्तडसम्म पुुग्दा बाटोमा चाउचाउ र रक्सीबाहेक केही भेटाएनौं।’

स्थानीयलाई आफ्नो घरबारीको उत्पादनबाट पनि परिकार बन्न सक्छ भन्ने थाहा नहुुँदा बाटोमा समस्या भएको खड्काले बताए। पर्यटकलाई स्वागत कार्यक्रममा प्रदेश ७ का मुुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार होमस्टे नीति लिने तयारीमा रहेको बताए। उनले स्थानीय उत्पादनको बजारीकरण नहुुँदा आयातित वस्तुु दिनुुपर्ने बाध्यता रहेको उल्लेख गरे।

प्रदेश ७ पर्यटनका लागि सम्भावना हुुँदा हुुँदै पनि धेरैलाई पर्यटनबारे ज्ञान नहुुँदा समस्या निम्तिने गरेको छ। पर्यटनको प्रवद्र्धनका लागि होमस्टे सञ्चालन गर्न सके धेरै पर्यटकलाई सहज हुुने प्रदेश ७ की पर्यटनमन्त्री माया भट्टले बताइन्।

उनले मन्त्रालय पनि पर्यटनलाई सहज रूपमा घुुम्ने वातावरण बनाउनेतर्फ लागेको जानकारी गराइन्। उनले पर्यटन प्रवद्र्धन गर्न प्रदेश सरकार लागिपरेको जानकारी दिइन्। ‘हिँड्दा हिँड्दै बाटोमा थकान लागेको हुुन्छ’, काठमाडौंबाट खप्तड घुुम्न आएकी इन्दिरा गौतमले भनिन्, ‘तर पसलमा के छ खाने कुुराभन्दा चाउचाउबाहेक केही छैन भन्छन्।’ पर्यटकको आकर्षणका लागि त स्थानीय कोदो, फापर, मकैबाट बनेका परिकार आवश्यक भएको सहभागीले बताए।

पूर्वाधार निर्माण हुुन नसके पनि चिनोका रूपमा केही नभएको उनको भनाइ छ। नेपाल पर्यटन बोर्ड तथा सोट्टोको संयुुक्त आयोजनामा भएको कार्यक्रमका सहभागीले स्थानीय सरकार पर्यटन प्रवद्र्धनमा बढी जिम्मेवार भएर लाग्नुुपर्ने बताए। प्रदेश सरकारको समन्वयमा विभिन्न ठाउँमा होमस्टे सञ्चालन आवश्यक भएको उनीहरूको सुुझाव छ।

विभिन्न ठाउँमा होमस्टे राख्ने स्थान पहिचान गरी स्थानीय उत्पादनलाई बजारसम्म ल्याउन सके पर्यटक तान्न सकिने प्रदेशसभा सदस्य पूर्णा जोशीले बताइन्। उनले स्थानीय र प्रदेश सरकारसँग समन्वय गरी गुुरुयोजना बनाएर पर्यटन सम्भावना उजागर गर्न सकिने बताइन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.