अदुवाको ब्लक राख्न सुरु

अदुवाको ब्लक राख्न सुरु

भोजपुर : जिल्लामा अदुवाखेती विस्तार र व्यावसायीकरणको सम्भावनालाई ध्यानमा राख्दै सरकारी लगानी बढाइएको छ । बजार भाउ क्रमिक खस्कँदै गएसँगै ओरालो लागेको अदुवाखेतीलाई बढावा दिन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत हतुवागढी र पौवादुम्मा गाउँपालिकामा अदुवाखेती गरिने ब्लकको काम थालनी गरिएको कृषि कार्यालयले जनाएको छ ।

हतुवागढी गाउँपालिकाको दुई हजार आठ सय रोपनी क्षेत्रफलमा अदुवा ब्लक निर्माण गर्न झन्डै ५० लाख बराबर अनुदान छ । अदुवाखेती गरेबापत कृषकलाई प्रोत्साहन गर्न अनुदान दिइएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक युगमणि भट्टराईले बताए । हतुवागढी गाउँपालिकाकै सिन्द्राङमा कृषकले उत्पादन गरेको अदुवा सुरक्षित भण्डारणका लागि १५ लाख रुपैयाँ सहयोग गरेर गोदाम घर बनाइएको छ ।

यस्तै पौवादुम्मा गाउँपालिकामा यस वर्ष अदुवाको ब्लक स्थापना गर्न १७ लाख रकम छुट्याइएको छ । त्यसबाहेक साविकका सानोदुम्मा, याकु र हसनपुरलगायत स्थानमा करिब दुई सय रोपनी क्षेत्रफललाई अदुवाको पकेट क्षेत्र घोषणा गरी धमाधम काम भइरहेका छन् ।

जिल्लाभर हाल कुल तीन हजार हेक्टर क्षेत्रफलमा अदुवाखेती लगाइने गरिएको कार्यालयको तथ्यांक छ । जिल्लामा बर्सेनि झन्डै दुई हजार मेट्रिक टन अदुवा उत्पादन हुने गरेको छ । कृषकले आफ्नो मेहनतअनुसार प्रतिरोपनी चारदेखि पाँच सय किलो अदुवा उत्पादन गरिरहेको प्राविधिक भट्टराईले जानकारी दिए । समग्रमा जिल्लामा अदुवाको उत्पादन राम्रो रहेको प्राविधीकहरू बताउँछन् । उनका अनुसार गुणस्तरीय अदुवा उत्पादन र बजारीकरणका लागि सुठो बनाउने, सोलार ड्रायर र प्याकेजिङमा पनि सरकारी लगानी बढाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.