झाडापखाला प्रकोप : साढे ११ सयलाई संक्रमण
तुलसीपुर : दाङको शान्तिनगर गाउँपालिकामा फैलिएको झाडापखालाको प्रमुख कारण दूषित पानी भएको पत्ता लागेको छ । स्थानीय खोलाको प्रदूषित पानी खाँदा झाडापखाला प्रकोप देखिएको जिल्ला खानेपानी डिभिजन कार्यालय दाङले जनाएको छ । कार्यालयका इन्जिनियर तिलक न्यौपानेले पानीको मुहान प्रदूषित हुँदा यो अवस्था आएको हुन सक्ने अध्ययनले देखाएको बताए ।
‘पानीको परीक्षण हुँदै छ, सोमबारसम्म रिपोर्ट आउँछ,’ उनले भने, ‘पानीबाहेक अरूको असर होइन ।’ उनले धेरै टोलमा एकैसाथ यो अवस्था आएकाले पानी नै मुख्य कारण भएको पुष्टि भएको बताए । न्यौपानेले मुहान आसपास जंगल र बस्ती भएको र केही दिनअघि आएको भलको फोहोर मुहानमा मिसिँदा यस्तो भएको हुन सक्ने बताए ।
माइलीपानी खानेपानी मुहान नजिकै ठूलो बस्ती रहेको र त्यो बस्तीले खुला रूपमा सौच गरेका कारण मुहानमा दिसाका कीटाणु जाँदा गाउँमा झाडापखाला भएको स्थानीय स्वास्थ्यकर्मी विमल केसीले बताए । उनले झाडापखालाको जिवानुले ठिलो असर गर्ने गरेको देखिएको उनले बताए ।
शुक्रबारदेखि सुरु भएको प्रकोप आइतबारसम्म आइपुग्दा बिरामीको सख्या एक हजार एक सय ३४ जना पुगेको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि पुनले प्रकोपले जटिलरुप नलिए पनि विरामीको सख्या बढी रहेको बताए । हामीले प्रकोपलाई नियन्त्रण गरेका छौ, पुनले भने, तर बिरामी घटाउन सकेनौ, आइतबर मात्रै तीन गुणा बढी बिरामी उपचारका लागि आएका छन् ।' उनले अबस्था सामान्यतिर जान थालेको बताए । उनले केही बिरामी दोहोरिएर उपचार गराउन आएको उनले बताए ।
गाउँपालिका अध्यक्ष कमानसिह डागीले गाउँपालिले प्रकोप नियन्त्रणको लागि २४ घण्टा जागरुप भएर काम गरिरहेका बताए । उनले उपचारमा कुनै पनि समस्या आउन नदिने गरि ब्यवस्था मिलाइएको बताए । माइलीपानी मुहानको पानी र खोलामा भएको धमिलो पानी खादा गाउँहरुमा झाडापखालाको प्रकोप फैलिएको र त्यसको सहज ब्यवस्थापनको लागि तथा नियन्त्रणको लागि गाउँपालिकाले सबै प्रयास गरिरहेको उनको भनाई छ । उनले प्रकोप नियन्त्रणको लागि पालिकाको टोलि तीन दिन देखि अनवरत रुपमा खटिराखेको जानकारी दिए । झाडापखालामा महिलाहरु वढि प्रभावित भएका छन ।
आइतबार प्रभावित क्षेत्रमा तुलसीपुर खानेपानी संस्थाले पानीको टेङकर गाउँमा पुर्याएर खानेपानीको ब्यवस्था मिलाइदिएको छ । आइतवार मात्रै गाउँपालिका, नेपाली सेना, स्वास्थ्यकर्मी सघ, राप्ती उपक्षेत्रीय अस्पतालको चिकित्सकको टोलीले दिनभरी उपचार गरेको छ ।
प्रभावित क्षेत्रमा आइतवार खानेपानी डिभिजन कार्यालय, नेपाल रेडक्रस लगायतका विभिन्न निकायहरुले विभिन्न सहयोग सामग्री र पानी शुद्धिकरण गर्ने किटहरु प्रदान गरेका छन् ।