मिनीट्रक दुर्घटनामा चालकको मृत्यु

मिनीट्रक दुर्घटनामा चालकको मृत्यु

गाईघाट : उदयपुरको कटारी नगरपालिका-१ चुरीया वन क्षेत्रमा आइतबार मिनी ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमा मृत्यु भएको छ ।

चामल बोकेर सिरहाबाट कटारीतर्फ आउँदै गरेको ना.५.ख. ७०१७ नम्बरको मिनीट्रक दुर्घटनामा बारा जिल्ला कलैया उपमहानगरपालिकाका ३१ वर्षीय रामेश्वर महतोको ज्यान गएको हो। 

ट्रक अनियन्त्रित भइ सडक किनारमा पल्टिएको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी प्रमुख डीएसपी मेघराज अधिकारीले जानकारी दिए। 

ट्रकमा रहेका सहचालक पर्सा विरगञ्‍जका कामेश्वर यादव भने सकुशल रहेको प्रहरीले बताएको छ। मृतक महतोको शव पोष्टमार्टका लागि कटारी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.