गुरुकुलले दलितको भर्ना लिने भयो

गुरुकुलले दलितको भर्ना लिने भयो

काँकडभिट्टा : श्रीकृष्ण द्वैपायन गुरुकुल वेदविद्याश्रमले बरबोटे –५ इलामका दलित बालक विकास कार्कीढोलीलाई आवासीय भर्ना लिने भएको छ । गुरुकुलको विशेष साधारणसभाले सोमबार विकासलाई भर्ना लिने सर्वसम्मत निर्णय गरेको थियो । दलितलाई भर्ना लिन अस्वीकार गरेर जातीय विभेद गरेको भनी गुरुकुल सञ्चालकविरुद्ध दलित संघसंगठनले आन्दोलन गर्दै आएका थिए । 

नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनले सोही विषयमा यही जेठ १० गते गुरुकुलमा तालाबन्दी गर्नाका साथै प्रशासनमा कानूनी कारवाहीका लागि उजूरी दिएको थियो । वेदविद्याश्रम सञ्चालक समितिका अध्यक्ष राजेन्द्र चापागाईंले गुरुकुलको विशेष साधारणसभाले कार्कीढोलीलाई आवासीय भर्ना लिने प्रस्ताव पारित गरेको जानकारी दिए ।

दलित संगठन र गुरुकुल सञ्चालकबीच भर्नाका विषयमा मतभेदका कारण विवाद बढ्दै गएपछि समाधानका निम्ति उचित निर्णय लिन सोमबार गुरुकुलको विशेष साधारणसभा बोलाइएको थियो । 

गुरुकुलको साधारणसभाले विनाभेदभाव जुनसुकै जाति, वर्ग र लिङ्गका विद्यार्थीलाई शैक्षिक भर्ना लिने निर्णय गरेपछि एक सातादेखि चर्किंदै आएको विवाद अब साम्य हुने भएको छ ।

भर्ना हुन चाहने जुनसुकै विद्यार्थी शैक्षिक भर्नासम्बन्धी म्यादभित्र आउनुपर्ने र गुरुकुलको नियमानुसार त्यसरी आउने विद्यार्थीलाई विनाभेदभाव भर्ना गरिने साधारणसभाको निर्णयमा उल्लेख छ । साधारणसभाले कार्कीढोलीका हकमा भने तत्काल आवासीय भर्ना गरिने निर्णय गरेको छ । उनका लागि शैक्षिक भर्नाको म्याद लागू हुने छैन । 

गुरुकुलको विधान संशोधन गर्न समिति 

गुरुकुलको विधान संशोधन गर्न आश्रमका सहायक प्राध्यापक गंगाराम ढुङ्गेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । साधारणसभाबाट गठित विधान संशोधन मस्यौदा समितिका सदस्यमा कानूनविद् कुलप्रसाद दाहाल र समाजसेवी दुर्गाप्रसाद भट्टराई छन्। 

विधानमा महिला, दलित र जनजाति समुदायलाई गुरुकुलमा पढ्न पाउने प्रावधान समावेश गर्न समितिले विधानलाई कानूनसम्मत बनाउने जिम्मेवारी पाएको समितिले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.