क्याप्टेन सिद्धार्थलाई तेन्जिङ–हिलारी पुरस्कार

क्याप्टेन सिद्धार्थलाई तेन्जिङ–हिलारी पुरस्कार

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सिम्रिक हेलिकोप्टरका प्रशिक्षक पाइलट सिद्धार्थजंग गुरुङलाई तेन्जिङ–हिलारी पुरस्कारबाट सम्मान गरेको छ। पर्वतारोहणमा रहेका आरोहीको उद्धार गरी जीवन बचाउने साहसिक काममा सहयोग पुर्‍याएको भन्दै मन्त्रालयले गुरुङलाई ५० हजार नगदसहित पुरस्कृत गरेको हो।

सिम्रिक एयरका प्रशिक्षक पाइलट गुरुङ नेपालका तालिम प्राप्त लङलाइन रेस्क्यू विज्ञ हुन्। सिम्रिक हेलिकोप्टरले पर्वतारोहणमा विपत्ति पर्दा डोरीको सहायताले केही समययतादेखि उद्धार गर्दै आएको छ। हेलिकोप्टर सेवासँगै पर्वतारोहण क्षेत्रमा साहसिक काम गरेको भन्दै मन्त्रालयले गुरुङलाई सम्मान गरेको हो। खानेपानी तथा सरसफाइमन्त्री एवं आरोही बिना मगरले गुरुङलाई नगद, प्रमाणपत्रसहित पुरस्कृत गरिन्।

सिम्रिक हेलिकोप्टरमा गुरुङसहित क्याप्टेन सुरेन्द्र पौडेल, विवेक खड्का प्रशिक्षक पाइलटका रूपमा कार्यरत छन्। क्याप्टेन आनन्द थापासमेतले पर्वतारोहण उद्धारमा सेवा पुर्‍याउँदै आएका छन्। गुरुङले २०७२ सालमा गएको हिमपहिरोमा फसेका आरोही र शेर्पाको उद्धारदेखि ५५ दिनसम्म वेपत्ता भएका ताइवानका दुई पर्यटकको उद्धार गरेका थिए।

बुल्गेरियाका ४५ वर्षीय वोयन पेट्रोव चीनको सिसापाङ पर्वत आरोहणका क्रममा वेपत्ता हुँदासमेत पहिलो पटक सिम्रिक हेलिकोप्टरले अन्तर्राष्ट्रिय क्षेत्रमा उद्धारका लागि खटेका थिए।

सिम्रिकका तीनवटा हेलिकोप्टर क्याप्टेन गुरुङकै नेतृत्वमा खटेका थिए। यसले पर्वतारोहणमा साहसिक काम प्रमाणित भएको मन्त्रालयले जनाएको छ।

पर्वतारोहण क्षेत्रमा आपत्विपत पर्दा उद्धारलाई व्यावसायिक बनाउन गुरुङसहित सिम्रिक हेलिकोप्टरले सेवा सुरु गरेको हो। हेलिकोप्टर अवतरण गर्न नसक्ने क्षेत्रमा ३० मिटर लामो डोरीको सहायताले लङलाइन प्रविधिबाट सुरक्षित स्थानमा उद्धार गरिन्छ।

उच्च जोखिम मानिने हिमाल आरोहणका क्रममा वेपत्ता भएका, अप्ठ्यारा खोचमा झरेका, बिरामी भएकादेखि मृत भएकासम्मको उद्धार गर्न सिम्रिक हेलिकोप्टरले सेवा दिँदै आएको छ।

११आंै अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा क्याप्टेन गुरुङसहित पर्वतारोहणमा साहसिक काम गरेको भन्दै ५० हजार नगदसहित २२ पटक सगरमाथा आरोहण गर्ने सोलुखुम्बु खुम्जुङ कामीरिता शेर्पा, नौ पटक सगरमाथा आरोहण गरी महिलामा विश्व कीर्तिमान कायम गर्ने ल्हाक्पा शेर्पालाई मन्त्रालयले पुरस्कृत गरेको छ।

यता सगरमाथा आरोहणको ६५ वर्षे इतिहासमा उत्कृष्ट काम गरेको भन्दै एक लाख नगदसहित नेपाल पर्वतारोहण प्रशिक्षक संघलाई राष्ट्रिय सगरमाथा पुरस्कार प्रदान गरेको छ। पर्वतारोही गाइडलाई प्राविधिक रूपमा दक्ष बनाउन तथा सुरक्षित आरोहण गराउन सहयोग पुर्‍याएको भन्दै संस्थालाई पुरस्कृत गरिएको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.