अवैध काठसहित गाडी नियन्त्रणमा
बिर्तामोड : दक्षिणी सेक्टर वन कार्यालय सुखानी इलामले अबैध काठ र काठ बोक्ने बोलेरो गाडी बरामद गरेको छ। अबैधरुपमा चिरान गरेका ३६ थान साखुँ जातको गोलिया, १ सय १५.५७ क्यूफिट चिरान काठ र से १ ज. १४४८ नम्बर को बोलेरो जीप पक्राउ गरेको हो।
सेक्टर वन कार्यालय सुखानीको गस्ती टोलीले गोप्य सूचनाको आधारमा चुरे क्षेत्रबाट चोरी तस्करी गरी इलामबाट झापातर्फ लैजादै गर्दा चिरान काठ र गाडी विरिङ खोलामा बरामद गरिएको सेक्टर वन कार्यालय सुखानीका प्रमुख रितेश भुषण बस्नतेतले बताए।साखुँ जातको गोलिया भने माईनगर-१ बाट पक्राउ गरेको बस्नेतको भनाई छ।
काठ ओसार प्रसारमा संग्लनहरु भने फरार रहेको र उनीहरुको खोजि भैइरहेको बस्नेतले जानकारी दिए।बरामद गरिएको जीप र काठ सेक्टर वन कार्यालयमा सुखानीमा राखिएको छ।
पछिल्लो समयमा चुरे क्षेत्रबाट अबैधरुपमा ढुङ्गा, बालुवा, गिट्टीका साथै काठ तस्करी बढेको छ। सामुदायिक बनका पदाधिकारीकै मिलेमतोमा अबैधरुपमा प्राकृतिक स्रोतको दहन बढ्दै गएको स्थानीयको आरोप छ।