‘२० लाख पर्यटक भित्र्याउन असम्भव’

‘२० लाख पर्यटक भित्र्याउन असम्भव’

काठमाडौं : सरकारले आगामी दुई वर्षभित्र २० लाख पर्यटक भिœयाउने महत्वाकांक्षी योजना अगाडि सारेको छ। आर्थिक वर्ष २०७५÷०७६ को बजेटमार्फत दुई वर्षभित्र नेपाल भ्रमण आउने पर्यटकको संख्या १० लाखबाट बढाएर २० लाख पुर्‍याउने घोषणा गरिएको छ।

‘दुई वर्षमा २० लाख पर्यटक भिœयाउने सरकारी लक्ष्य सम्भव छैन’, होटल एसोसिएसन (हान)का महासचिव विनायक शाहले भने, ‘यही पूर्वाधार र सरकारले ल्याएको नयाँ कार्यक्रमबाट यो सम्भव छैन।’

एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति नहुन सकेको छैन। नयाँ बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थल पनि समयमै सम्पन्न भएर सञ्चालन हुने कुनै आधार छैन। भारत र चीनबाट आउने पर्यटकको संख्या बढाउन सक्ने पूर्वाधार विकास भएको छैन।

सडक निर्माणको अवस्था नाजुक छ। चीनतर्फको तातोपानी नाका पनि बन्द छ। रसुवागढी नाकाबाट आउने सडक पनि साघुँरो छ। स्थलमार्गबाट आउने पर्यटकको संख्या बढाउन सडक पूर्वाधारको विकास हुनपर्छ। तर, यही संरचना, कर्मचारीतन्त्र र काम गराइको प्रवृतिबाट आवश्यक पूर्वाधार विकास दुई वर्षमा सम्भाव हुने अवस्था नभएको शाह बताउँछन्। सरकारले नाकाबाट आयातनिर्यातमा सहजता ल्याउने रणनीति मात्रै बनाउँदै आएको छ। तर, पर्यटक आगमन बढाउन आवश्यक कुनै संरचना तय नगरेको शाह बताउँछन्। यसका कारण नाकाबाट आउने पर्यटकको संख्या पनि बढ्ने अवस्था छैन। तर, अहिले नेपालका विभिन्न स्तरका तारे होटल, पर्यटकीय होटल, रेस्टुरा तथा होमस्टेलेको क्षमता २५ लाख पर्यटकलाई सेवा दिन सक्ने रहेको शाह बताउँछन्। होटलले ‘जस्तो पर्यटक आउँछन् त्यहीअनुसार स्तर वृद्धि गर्ने हो’, शाहले भने, ‘ धार्मिक पर्यटक र होमस्टेका कारण पनि पर्यटकको खर्च बढी हुन सक्दैन।’ होमस्टे सञ्चालन हुनु हुँदैन भनेको होइन। जहाँ होटलको सुविधा छैन त्यहाँ होमस्टे सञ्चालन हुनुपर्छ। तर, अहिले काठमाडौं उपत्यकामै होमस्टे सञ्चालन भएको अवस्थामा पर्यटकको खर्च बढ्न नसक्निे शाह बताउँछन्।

यसैगरी सरकारले पर्यटकको संख्या बढाउँदैे बसाइ लम्ब्याउने र खर्च पनि बढाउने लक्ष्य अगाडि सारको छ। पाँच लाख पर्यटक आगमनबाट सन् २०१७ सम्म आइपुग्दा विभिन्न नाका हुँदै स्थलमार्गबाट आएका भारतीय र चिनियाँ पर्यटको संख्यासहित नेपाल आउने पर्यटकको संख्या १० लाख पुगेको छ। पर्यटक संख्या बढे पनि पर्यटकले गर्ने खर्च र बसाइ अवधि कम हुँदै गएको छ। सरकारले आगामी आर्थिक वर्षभित्रै प्रतिपर्यटक १२.६ दिनको बसाइलाई लम्ब्याएर १४ दिन पुर्‍याउने महत्वकांक्षी योजना ल्याएको छ।

बजेटमार्फत दुई वर्षभित्र नेपाल भ्रमण आउने पर्यटकको संख्या १० लाखबाट बढाएर २० लाख पुर्‍याउने घोषणा गरिएको छ।

कुनै बेला नेपाल आउने पर्यटकको बसाइ १६ दिनसम्म थियो। पर्यटकको बसाइ लम्ब्याउन सकिने पर्वतारोहण र ट्रेकिङ पर्यटनको विकासमा पनि कुनै विशेष योजना तथा कार्यक्रम ल्याउन नसकेको डा.पुष्कर बर्जचार्य बताउँछन्। पर्यटकको बसाइ लम्ब्याउन सकिने नयाँ टे«किङ रुटको पहिचान गर्दै प्रचारप्रसार गर्ने र पुराना रुटको पनि विकासमा ध्यान दिनुपर्ने बज्राचार्य बताउँछन्।

यसैगरी सरकारले पर्यटक आगमन बढाउने हो भने चिनियाँ पर्यटकलाई भिसामा सहजता दिनुपर्ने उनको भनाइ छ। सबैभन्दा बढी पर्यटक आउने हवाई मार्ग सुधार समयमा हुन सकेको छैन। जहाज आकाशकै एक घन्टासम्म होल्ड गर्नुपर्ने अवस्था छ। नयाँ एयरलाइन्स कम्पनीलाई रातको समयभन्दा अन्य सममा उडान अनुमति दिनसक्ने अवस्था नरहेको अवस्थामा २० लाख पर्यटक भिœयाउन योजना सम्भव नभएको उनको भनाइ छ। नेपालमा भएका विभिन्न घटना क्रमले पनि बेला बेलामा नकारात्मक प्रचार भइरहेको छ। त्यसको लागि व्यवसायी र सरकारले नयाँ प्रोडक्टको उत्पादन गर्दै संयुक्त रूपमा देश र विदेशमा प्रचार गर्नुपर्ने बज्राचार्य बताउँछन्। सरकारले पर्यटन आगमनमा पटक ठूलो फड्को मार्ने हो भने नयाँ सेगेमेन्ट (हिन्दु सर्किट तथा बुद्धिष्ट सर्किट) का कार्यक्रमलाई योजना। कार्यक्रमसहति अगाडि बढनुपर्ने उनको भनाइ छ। तर, पुरानै शैलीमा काम गर्ने हो भने २० लाख पर्यटक भिœयाउने, खर्च बढाउने र पर्यटकको बसाइ लब्म्याउने योजना सम्भव नहुने बज्राचार्यको भनाइ छ।

सरकारले आगामी दुई वर्षभित्र २० लाख पर्यटक भिœयाउन महत्वाकांक्षी योजना अगाडि सारको पर्यटन तथा हवाई विज्ञ महेश्वर भट्ट श्रेष्ठको तर्क छ। सरकारल इच्छाआकांक्षासँगै त्यसलाई सम्भव गराउने योजना, नीति तथा कार्यक्रम पनि अगाडि सार्नुपर्ने उनको भनाइ छ। तर, सरकारले लिएको महत्वाकांक्षी योजना सफल बनाउने यही योजना तथा कार्यक्रमले भने सम्भव नहुने श्रेष्ठ बताउँछन्। ‘सरकारी लक्ष्य ठीकै छ। लक्ष्य पूरा गर्न त्यही अनुसार काम गर्नुपर्छ। कार्यक्रम पनि हुनुपर्छ। तर, अहिले अगाडि सारिएको भिजिट नेपाल अभियान जस्ता कार्यक्रमले मात्रै २० लाख पर्यटक ल्याउन सम्भव छैन’, श्रेष्ठले भने। पर्यटक बढीभन्दा बढी ल्याउन सबैभन्दा पूर्वाधार विकासमा जोड दिनुपर्छ। सरकारले सन् २०१९ लाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन वर्ष भने पनि यही अवस्थामा सम्भव छैन। फेरि सरकार जहाज थप्नेमा मात्र केन्द्रित भएको छ। जहाज थपेर मात्रै पर्यटक संख्या बढने होइन। नेवानिसँग भएका जहाज उडाउन सकेको अवस्थामा पनि पर्यटक आगमन बढाउन सकिने उनको भनाइ छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.