धमाधम भत्काइँदै धरहरा क्षेत्रका संरचना (भिडियोसहित)

धमाधम भत्काइँदै धरहरा क्षेत्रका संरचना (भिडियोसहित)

काठमाडौं: काठमाडौं महानगरपालिकाले राष्ट्रिय सम्पदा धरहरा वरिपरिका संरचना हटाउन थालेको छ । महानगरले धरहरासँग जोडिएको रेष्टुरेन्ट, वरिपरिका टहरा, पसलहरु धमाधाम भत्काइरहेको छ ।

महानगरपालिका सुचना अधिकृत वसन्त आचार्यले धरहराक्षेत्रमा अतिक्रमित पसल, रेष्टुरेन्ट र टहरा लगायतका संरचना हटाउने काम थालिएको बताए ।

महानगरलाई वरिपरिका संरचना हटाउन सूचना जारी गरेको थियो । आफैँ नभत्काए महानगरले नै भत्काउने र त्यसबाट हुने क्षतिको जिम्मेवार स्वयम सञ्चालक हुनुपर्ने पत्रमा उल्लेख गरिएको छ । महानगरका सार्वजनिक निजी साझेदारी एकाई प्रमुख महेश काफ्लेले उक्त सूचना जारी गरेका थिए । 

सम्बन्धित: धरहरा क्षेत्रका पसल र रेस्टुरेन्टमा डोजर चल्यो  (फोटो फिचर)

महानगरका सूचना अधिकृत आचार्यले धरहराको वरिपरिको अतिक्रमित संरचना भत्काउने काम महानगरले गरेपछि निर्माणको काम पुनर्निर्माण प्राधिकरणबाट हुने बताए । ती संरचनाले धरहराको वरिपरिको सौन्दर्यमा असर परेको महानगरले जनाएको छ ।

यसैगरी धरहरा वरिपरिको क्षेत्रमा नयाँ संरचना निर्माणमा समेत रोक लगाइएको छ । धरहरा नजिक गुठी संस्थानले बनाइरहेको संरचनाको निर्माण समेत रोकिएको छ ।   

उता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा निर्माणका लागि बोलपत्र समेत आह्वान गरिसकेको छ । प्राधिकरणका प्रवक्ता यमलाल भुसालले टेण्डर खोलेर निर्माण प्रक्रिया थालनी गरेको बताए । 

नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटमा धरहराको निर्माण तीन वर्षभित्र पुरा गर्ने घोषणा गरिएको छ । यसअघि आश्वासन दिएर नेपाल टेलिकमले धरहरा निर्माणबाट हात झिकेको थियो ।

भत्काइँदै संरचना


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.