वाइडबडीको पहिलो उडान दुबई

वाइडबडीको पहिलो उडान दुबई

काठमाडौं ः राष्ट्रिय ध्वाजबाहक नेपाल वायुसेवा निगमले ल्याउन लागेको वाइडबडी (३३०-२२०) सिरिज जहाजको पहिलो व्यावसायिक उडान संयुक्त अरब इमिरेट्सको दुबईमा हुने भएको छ। नेपालको हवाई इतिहासमा पहिलोपटक दुई सय ८० सिट क्षमताको जहाजले दुबई उडान गर्न लागेको हो। नेवानिले अहिले दुई वटा एयरबस र एउटा बोइङ ७५७ मार्फत अन्तर्राष्ट्रियतर्फ आठ गन्तव्यमा उडान गर्दै आएको छ।

दुई वटा वाइडबडी जहाजमध्ये पहिलो जहाज यही जनु २८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने नेवानिका महाप्रबन्धक सुगतरत्न कंसकारकारले जानकारी दिए। जहाज आएको केही सयमपछि नेवानिले व्यावसायिक उडान गर्ने योजना बनाएको छ।

महिना दिनभित्रै व्यावसायिक उडान गर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयसँग उडान तालिका स्वीकृतिका लागि सहमति माग गरिएको कंसाकार बताउँछन्।

‘नेवानिले वाइडबडी उडानका लागि समय तालिकासहित पत्र पठाएको थियो’, विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले भने, ‘स्लट (उडान तालिका) कमिटिको बैठकले पनि यसमा सहमति दिएको छ।’

नेवानिले जहाज २८ जुनमा नेपाल आएपछि त्यसको एक महिनापछि सातामा सातै दिने उडान गर्ने गरी उडान तालिका स्वीकृतका लागि पत्राचार गरेको क्षेत्रीले जानकारी दिए। नेवानिले पहिलो वाइबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विहान ८ः१५ बजे उड्ने र फेरि बेलुका ७ः१० मा अवतरण गर्ने गरी उडान समय माग गरेको क्षेत्रीले बताए।

विमानस्थल कार्यालयले विहानको समयमा स्वीकृत गरेको छ। तर, बेलुका अवतरण गर्ने समयमा भने केही परिवर्तन गर्नुपर्ने गरी नेवानिलाई पत्राचार गरिएकोे क्षेत्री बताउँछन्। बेलुका ७ बजे अहिले उडान गरिरहेका जहाजका लागि समेत समय व्यवस्थापन समस्या छ।

पिक आवर भएका कारण जहाज कतिपय अवस्थामा होल्ड गर्नुपर्ने अवस्थमा रहेकाले समय परिर्वतनका लागि आग्रह गरेको क्षेत्री बताउँछन्।


नेवानि अहिले दुई वटा एयरबस र एउटा बोइङमार्फत अन्तर्राष्ट्रियतर्फ आठ गन्तव्यमा उडान गर्दै आएको छ।

‘हामीले नेवानिलाई बेलुका दुबईबाट काठमाडौं आउने समयमा केही तलमाथि गर्न भनेका छौं’, क्षेत्रीले भने, ‘ तर, राष्ट्रिय ध्वाजबाहक एयरलाइन्सलाई उडान नै नदिन भने मिल्दैन।’तर, नेवानिले ल्याउन जहाज एप्रोनमा सवा १ घन्टाभन्दा बढी राख्न नपाउने क्षेत्रीले बताए।

विमानस्थलमा ठूला जहाज पार्किङ वे तीनवटा मात्रै छन्। यसका कारण नेवानिका जहाजलाई लामो समयसम्म एप्रोनमा राख्न दिन सकिने अवस्था नरहेको उनको भनाइ छ। नेवानिलाई जहाज उडान समयमा अनुमति दिँदै गर्दा बीबी एयरवेजलाई बिक्री गरेको जहाज पनि नयाँ जहाज आउनु भन्दै पहिलो व्यवस्थापन गर्नु निर्देशन भएको क्षेत्र बताउँछन्।

सवा १ घन्टाभन्दा बढी समय जहाज विमानस्थलमै राख्नुपरेको अवस्थामा नेवानिले आफ्नै ह्याङगरमा लगरे राख्नुपर्ने क्षेत्रीको भनाइ छ।

पहिलो जहाज मात्रै आउँदा व्यवस्थापनमा केही सहजता भए पनि नेवानिको दोस्रो जहाज आएपछि विमानस्थलमा ठूला जहाज पार्किङ वे व्यवस्थापनमा समस्या हुनेछ। निर्माण भइरहेको ठूला जहाजका लागि पार्किङ वे सकिन अझै डेढ वर्ष लाग्ने उनको भनाइ छ।

क्षमता सुधार

नेपाल वायु सेवा निगमको अकुपेन्सीमा सुधार आएको छ। सन् २०१८ को पहिलो तीन महिनामै नेवानि कुल सिट क्षमताको ८२ प्रतिशत यात्रु बोक्न सफल भएको छ। नेवानिले जनवरी महिनामा मात्रै कुल सिट क्षमताको ७७.४७ प्रतिशत यात्रु बोकेको छ। नेवानिले जनवरीमा २० हजार पाँच सय २२ सिट क्षमतामामध्ये १५ हजार आठ सय ९८ यात्रुलाई सेवा दिएको छ।

यसैगरी नेवानिले फेब्रुअरीमा २१ हजार तीन सय ७० सिट क्षमतामा १८ हजार ७१ जना यात्रुलाई सेवा दिएको छ। यो कुल सिट क्षमताको ८४.५६ प्रतिशत हो। यसैगरी मार्चमा कुल २३ हजार ८१० सिट क्षमतामध्ये २० हजार तीन सय ६८ यात्रु बोक्न सफल भएको नेवानिका महाप्रबन्धक सुगतरत्न कंसाकार बताउँछन्। नेवानिले सन् २०१८ को पहिलो तीन मै दिल्लीको उडानमा १५ हजार ६ सय ६८ यात्रुलाई सेवा दिएको छ।

कोरिया उडानमा असफल

निगमले वाइडीबडी जहाज आएपछि पहिलो उडान कोरिया गर्ने बताउँदै आएको थियो। तर, नेवानिले पठाएको उडान तालिकामा कोरिया उल्लेख छैन। नेवानिले दोस्रो वाइडबडी जहाज आएपछि अहिले बोइङ र एयरबसमार्फत उडान गर्दै आएको दिल्ली, मलेसिया, साउदीलगायत गन्तव्यमा उडान गर्ने प्रस्ताव विमानस्थल कार्यालयमा पठाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.