दुई किलो नक्कली सुनसहित दुईजना पक्राउ

दुई किलो नक्कली सुनसहित दुईजना पक्राउ

झापा: यहाँको काँकडभिट्टा नाकाबाट दुई किलोझ नक्कली सुनसहित दुर्इजना पक्राउ प्रहरीले आज पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले नक्कली २ किलो सुन सहित दुईजनालाई पक्राउ गरेको हो । 

काकडभिट्टाको कन्चनजंघा होटलमा बसेका गोरखाको आरुघाट-९ का ४३ वर्षीय दुर्गाप्रसाद खत्री र दोलखाको भीमेश्वर नगरपालिकाका ३० वर्षीय भीमसेन नेपालबाट सुन जस्तो देखिने दुई बिस्कुट पहेँलो धातु बरामद भएको इलाका प्रहरी कार्यालयका डिएसपी टंकप्रसाद भट्टराईले बताए । 

बरामद धातुको अनुसन्धान गर्दा टिल धातु रहेको भट्टराईले बताए । पक्राउ परेका दुवैजनालाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिएको छ । पक्राउ परेका दुवैजना नक्कली सुन देखाउँदै सर्वसाधारणलाई ठग्ने काममा लागेको हुनसक्ने प्रहरीले जनाएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.