बोक्सी आरोपमा राधामाथि निर्घात कुटपिट गर्ने बाबालाई पाँच वर्ष कैद

बोक्सी आरोपमा राधामाथि निर्घात कुटपिट गर्ने बाबालाई पाँच वर्ष कैद

धनगढी : बोक्सी आरोपमा राधा चौधरीलाई निर्घात कुटपिट गर्ने भोलेबाबा भनेर चिनिने रामबहादुर चौधरीलाई जिल्ला अदालत कैलालीले पाँच वर्ष कैद र एक लाख जरिवानाको फैसला गरेको छ।

न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासले घोडाघोडी नगरपालिका-५ देउकलियाकी २० वर्षीया राधालाई बोक्सी भन्दै कुटपिट गर्ने सोही ठाउँका रामबहादुरलाई  पाँच वर्ष कैद र एक लाख जरिवाना भराउने फैसाला गरेको हो। चौधरीका सहयोगी किस्मती चौधरीलाई एक वर्ष कैद र ५० हजार जरिवानाको फैसला सुनाइएको छ।

त्यसैगरी, युवतीलाई यातना दिने घटनाका सहयोगी स्मारिका चौधरीलाई ६ महिना कैद र २५ हजार जरिवानाको फैसला भएको छ। भोलेबाबाका सहयोगीको आरोपमा पक्राउ परेका स्थानीय चनकलाल चौधरी, वेदप्रसाद चौधरी र सीतारानी चौधरीलाई अदालतले सफाई दिइएको छ। कुटपिट गरेको भन्दै छजनाविरुद्ध बोक्सी आरोप सम्बन्धी कसुर तथा सजाय ऐन र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाइएको थियो। राधालाई अन्तर्राट्रिय महिला दिवसकै दिन अर्थात् फागुन २४ गते बोक्सी भन्दै रामबहादुरले घण्टौंसम्म निर्घात कुटपिट गरेका थिए।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.