सालकको खपटासहित दुई प्रक्राउ

सालकको खपटासहित दुई प्रक्राउ

फुङलिङ : प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपटासहित ताप्लेजुङको आठराईत्रिवेणी गाउँपालिका-५ बाट दुईजनालाई पक्राउ गरेको छ। झोलामा लुकाइ राखेको १.५ के.जी खपटासहित सोहि ठाउँ बस्ने ३८ वर्षीय सन्तोषकुमार लिम्बू र २९ वर्षीय मंगलसिंह लिम्बूलाई शुक्रबार दिउँसो पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दोभानका सई हिरालाल यादवले जानकारी दिए।

त्यस्तै शुक्रबार सिदिङ्वा गाउँपालिका-४ साब्लाखुबाट एक थान भरुवा बन्दुक बरामद गरेको छ।  घरमा फोन नम्बरसहितको स्टिकर टाँस गर्ने क्रममा स्थानीय यमकुमार राईको घरमा ढोका पछाडि लुकाई राखेको एक नाले भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रहरी प्रमुख लक्ष्मणबहादुर मगरले जानकारी दिए।घरधनी घरमा नभेटिएपछि उनको खोजिकार्य भइरहेको मगरले बताए। 
 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.