जंगली च्याउ खाँदा तीनजना सिकिस्त
![जंगली च्याउ खाँदा तीनजना सिकिस्त](https://annapurnapost.prixacdn.net/media/albums/mushroom_20180602063332_Q3R64IoS0e.jpg)
पाँचथर : जंगलबाट ल्याएको च्याउ खाँदा पाँचथरको फालेलुङ गाउँपालिका वडा नं ८ आकाशेका एकै परिवारका तीनजना सिकिस्त बिरामी परेका छन् । बिरामी पर्नेमा ६२ वर्षीय बिर्खबहादुर खजुम, उनका छोरा ४४ वर्षीय भवानी खजुम, उनकी श्रीमती ४० वर्षीया राजकुमारी खजुम रहेका छन् ।
उनीहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि अहिले धरान सिफारिस गरी पठाएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए ।
जंगलबाट ल्याएको च्याउ पकाएर खाएका उनीहरु बिरामी परेका हुन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)