१७ किलो सुनसहित समातिएका लामालाई साढे १० वर्ष जेल

१७ किलो सुनसहित समातिएका लामालाई साढे १० वर्ष जेल

बेसीशहर : १७ किलो सुनसहित पक्राउ परेका मनाङको नासों गाउँपालिका–९, दानाक्युका ३१ वर्षीय पासाङ लामालाई लमजुङ जिल्ला अदालतले १० वर्ष ६ महिना कैद फैसला गरेको छ । 

लामालाई गत कात्तिक १७ गते लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ खुदीमा सुनसहित प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बिगोबमोजिम ८ करोड १६ लाख १४ हजार ९ सय ६० रुपैयाँ जरिवानासमेत तोकेको छ । उक्त सुनको बिगो बमोजिमको मूल्य तत्कालिन अवस्थाको रहेको अदालतले जनाएको छ ।

संगठित अपराध ऐन, २०७० अन्तर्गतको मुद्दामा लामालाई थप ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ । अदालतका स्रेस्तेदार भूमिप्रसाद शर्माका अनुसार लामा पुस १७ गतेदेखि जिल्ला कारागारमा पुर्पक्ष थुनामा थिए । फैसलाअनुसार लामाले सुन ल्याउन प्रयोग गरेको बा ५८ प ४२९१ नम्बर मोटरसाइकल, हेल्मेट र मोबाइल पनि जफत गरिएको छ ।

उक्त मुद्दामा सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता यादवप्रसाद पौडेल र प्रतिवादीका तर्फबाट अधिवक्ता डा. गजेन्द्र अर्यालले बहस गरेका थिए ।सुन ओसार्ने भरियाका रूपमा प्रयोग गरिएका लामालाई कैद फैसला सुनाइए पनि यसमा संलग्न अन्य व्यक्ति पत्ता लागेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय, प्रहरीको क्षेत्रीय अनुसन्धान ब्युरोबाट खटिएका प्रहरी टोलीले अनुसन्धान गरेको थियो । प्रहरीले अदालतमा पेस गरेको मिसिलमा झक्टु लामा भन्ने व्यक्तिले २० हजार रुपैयाँ दिएर बेंसीसहरमा पुर्‍याउन भनेको र झक्टुले गोरखा घर बताउने औतेमा लामाको नाम लिने गरेको उल्लेख छ ।

प्रहरीले मनाङ र गोरखा प्रशासनमा ती व्यक्तिले नागरिकता लिए नलिएकोबारे सोधखोज गरेको थियो । लामाको बारेमा कुनै जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ । यसअघि दुईपटक सामान ओसारेपनि त्यसमा सुन रहेको बारे आफुलाई थाहा नभएको बयान लामाले दिएको प्रहरी निरीक्षक बुद्धीसागर पुरीले बताए ।

‘हामीले यसको जरोसम्म पुग्न निकै प्रयास गर्‍याै‌, केही पत्ता लागेन्’, प्रहरी निरीक्षक पुरीले भने, ‘याे संगठित अपराधको विशेषता यस्तै हुन्छ । हामी अझै प्रयासरत छौँ ।’ अन्य व्यक्तिको पहिचान भए उनीहरूलाई पनि लामालाई जति नै कैद र जरिवाना गर्नुपर्ने फैसलामा उल्लेख छ ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.