चीन जोड्ने सडकमा चरम लापरवाही : तीन पक्राउ, ठेकेदार फरार

चीन जोड्ने सडकमा चरम लापरवाही : तीन पक्राउ, ठेकेदार फरार

विराटनगर : भारत-नेपाल-चीन जोड्ने बहुप्रतिक्षित जोगबनी-किमाथाङ्का सडकअन्तर्गत विराटनगर खण्डमा व्यापक लापरवाही भएपछि विराटनगर महानगरपालिकाले निर्माणमा संलग्न ठेकेदारलाई कार्वाही गर्न प्रशासनलाई लिखित आग्रह गरेको छ। महानगरले लिखित आग्रह गरेसँगै शनिबार तीनजना पक्राउ परेका छन्। 

टुण्डीरमण निर्माण सेवाले ६ लेनको सडकसँगै नाला निर्माणको ठेक्का लिएको छ। तर, उसको काम अति नै गुणस्तरहीन भएको र जनगुनासोसमेत अधिक आउन थालेपछि महानगरपालिकाका प्रमुख भीम पराजुलीले पक्राउ गरी कार्वाही गर्न शनिबार नै जिल्ला प्रशासन कार्यालय समक्ष लिखित निवेदन दिएका दिए। 

त्यसलगत्तै टुन्डीरमण निर्माण सेवाका कम्पनी मेनेजर रवि पन्त, सुपरभाइजर विनय साह र डिभिजन सडक कार्यालयका सुपरभाइजर देवराज बराल पक्राउ परेका छन्। ठेकेदार कृष्ण बोहरा र संजय रजकलाई कार्वाही गर्न सिफारिस गरिएको छ। महानगरले पत्रको बोधार्थ व्यपारिक मार्ग विस्तार आयोजना ६ लेन सडक विभाग इटहरी सुनसरीलाई समेत पठाएको छ। 

जिल्ला प्रशासन कार्यालयका प्रवक्ता उमेश पाण्डेले पक्राउ परेका तीनै जनालाई कार्वाहीको लागि व्यापारिक सडक विस्तार आयोजना कार्यान्वयन इकाई इटहरी पठाइने जानकारी दिदै भने,‘यस विषयमा थप अनुसन्धान गरी कार्वाही गर्नुपर्नेलाई दायरामा ल्याइन्छ।’

शनिबार विराटनगर महानगरका प्रमुख भीम पराजुलीसहितको टोली महेन्द्रचौक पश्चिमतर्फको निर्माणधीन पक्की नाला निर्माणमा भई रहेको ठाउँमा अनुगमन गर्न पुगेको थियो। त्यस क्रममा सिमेन्ट नहाली बालुवा र इट्टामात्र राखेको पाइएको थियो। पराजुलीले भने,‘कमसल निर्माणको विषयमा यसअघि पनि ध्यानाकर्षण गराउँदा वास्ता नगरेकोले कानुनी कार्वाहीमा जानु परेको हो।’ उनले निर्माणमा लापरवाही गर्नेलाई कडाभन्दा कडा कार्वाही गर्न जिल्ला प्रशासन समक्ष आग्रह गरिएको बताए।

निर्माण कम्पनीको लापरवाहीको विषयमा जनस्तरबाट समेत व्यापक गुनासो आउने गरेको छ। तर, साइटका ठेकेदार कृष्ण बोहोराले महानगरले यसअघि गरेको आग्रहलाई बेवास्ता गर्दै आएका थिए। प्रमुख पराजुलीले भने,‘विकासको काममा चरम लापर्वाही गरेको पाइएपछि प्रशासनिक कार्वाहीको सिफारिस गरेका छौं।’ व्यापरिक मार्ग विस्तार आयोजना अन्तर्गत महेन्द्र चोकदेखि बरगाछीको भागमा गुणस्तरहीन काम भएको र काममा ढिलाइ भएको कारण कार्वाहीको सिफारिस गरेको पराजुलीले बताए। 

व्यापारिक मार्ग विस्तार आयोजना इकाइ इटहरीले निर्माण कम्पनीलाई महेन्द्रचोकदेखि बरगाछीसम्म विराटनगरको मूल बजार क्षेत्र भएकोले चैत महिनाभरीमा सडककोबीच भागमा ९ मिटर कालोपत्रे गर्ने सर्तमा ठेक्का दिएको थियो। तर, जेठ महिना बित्न लाग्दासमेत काम पूरा भएको छैन। निर्माणाधीन सडक र सडकको दुबैपट्टी खनेको नालाको खाल्डोका कारण सर्वसाधारणलाई आउजाउमा समस्या छ। विराटनगरमा धुलो उडेर सर्वसाधरण निकै मर्कामा परेका छन्। शुक्रबार विराटनगरमा सुरक्षा गोष्ठीमा भाग लिन आएका गृहमन्त्री रामबहादुर थापाले निर्माणमा लापरवाही गर्ने ठेकेदारलाई सरकारले नछाड्ने जनाउ दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.