विमानस्थल सञ्चालनले नगरलाई साढे पाँच लाख घाटा

विमानस्थल सञ्चालनले नगरलाई साढे पाँच लाख घाटा

कुस्मा : २५ वर्षदेखि बन्द बलेवा विमानस्थल सञ्चालन गर्दा बागलुङ नगरपालिकाले साढे पाँच लाख नोक्सानी व्यहोरेको छ। नियमित सञ्चालनमा आएको साढे दुई महिनाको अवधिमा बागलुङ नगरपालिकाले विमान कम्पनीलाई ५ लाख ६५ हजार बुझाएको हो। बलेवादेखि काठमाडौं हवाई सेवा सञ्चालन गरेबापत नियमित रूपमा क्षमताअनुसार यात्रुको संख्या अपुग हुँदा नगरपालिकाले व्ययभार व्यहोर्नुपरेको हो।

चैतदेखि सञ्चालनमा आएको विमानस्थलबाट तारा एयरलाइन्स र नेपाल वायु सेवा निगमले सेवा दिएबापत अपुग भएका ९० जना यात्रु संख्याको भाडाबापत ५ लाख ६५ हजार ५ सय रुपैयाँ विमान कम्पनीलाई प्रदान गरेको हो। पर्वत सदरमुकाम कुस्मा बजारसँगै जोडिएको बलेवा विमानस्थल सञ्चालनमा ल्याउन पटक–पटक पहल गरिए पनि विमान कम्पनीले यात्रुको सुनिश्चितताको लिखित प्रतिबद्धता मागेपछि अपुग यात्रुको व्ययभार नगरपालिकाले व्यहोर्ने सर्तमा नियमित सञ्चालनमा आएको हो।

०४८ देखि बन्द भएको विमानस्थल सञ्चालन गर्न नगरपालिकाले यात्रुको संख्या सुनिश्चित गरेपछि मात्रै ०७४ चैत ९ गते देखि सञ्चालनमा आएको हो। हवाई सेवा प्रदान गरेबापत चैतमा तारा एयरलाई १ लाख ३० हजार र नेपाल एयरलाइन्सलाई ७८ हजार रुपैयाँ बुझाएको थियो। तारा एयरमा काठमाडौंदेखि बलेवा यात्रामा अपुग भएका १३ जना र बलेवा–काठमाडौं यात्रामा अपुग ७ जनाको गरी २० जनाको व्ययभार व्यहोरेको हो।

नेपाल वायु सेवा निगमले काठमाडौंदेखि बलेवा यात्रामा अपुग भएका २ जना र बलेवा–काठमाडौं यात्रामा अपुग १० जना गरी १२ जनाको रकम बुझाएको बागलुङ नगरपालिकाका प्रमुख जनक पौडेलले जानकारी दिए। वैशाखमा तारा एयरले काठमाडौं बलेवामा अपुग २१ जना र बलेवा–काठमाडौंमा अपुग ५ जना गरी २६ जनाको जम्मा १ लाख ६९ हजार विमान कम्पनीलाई बुझाएको बताइएको छ।

वैशाखमा नेपाल वायु सेवा निगमले काठमाडौंदेखि आउँदा १४ जना र बलेवाबाट जाँदा ४ जना गरी १८ जना यात्रुको ९७ हजार ५ सय रुपैयाँ व्ययभार व्यहोरेको नगरपालिकाले जनाएको छ। यही जेठ महिनामा तारा एयरलाई नगरपालिकाले अपुग भएका १४ जना यात्रुको खर्च ९१ हजार रुपैयाँ बुझाएको छ। बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले निगमले हवाई शुल्क घटाएकाले केही राहत मिलेको भन्दै अब घाटामा जाने दर न्यून हुँदै जाने जानकारी दिए।

आगामी दिनमा नगरपालिकाले यात्रु अपुग संख्याको भाडा नव्यहोर्ने गरी नियमित उडान गर्न पहल गरिरहेको उनले जानकारी दिए। ‘पर्वत, बागलुङ र म्याग्दी जिल्लाका बासिन्दाको मागको आधारमा नियमित सञ्चालन ग¥यांै, यति धेरै व्ययभार व्यहोर्नुपर्छ भन्ने लागेको थिएन तर अब एउटै नगरपालिकाले मात्र व्ययभार व्यहोर्न सक्दैनौ’, उनले भने। विमानस्थलसम्म पुग्न सडक कालोपत्रे गर्न प्रयास गरिरहेको नगरपालिकाले जनाएको छ।

०१८ सालमा निर्माण भएको विमानस्थल पोखरा–बागलुङ राजमार्ग खुलेपछि २६ वर्षदेखि बन्द थियो। बलेवादेखि काठमाडौंसम्म ४५ मिनेटमा पुगिने हवाई शुल्क धेरै भएपछि यात्रुले भाडा समायोजन गर्न माग गरेका थिए। त्यसपछि नेपाल वायु सेवा निगमले बागलुङ–काठमाडांै हवाई भाडा ६ हजार ५ सय रुपैयाँ लिँदै आएकोमा ५ हजार ८ सय रुपैयाँ र बागलुङ–काठमाडौंको यात्रामा ५ हजार ६ सय रुपैयाँ कायम गरेको छ।

तारा एयरले भने ६ हजार ५ सय रुपैयाँ नै लिने गरेको छ। यसैबीच, चैत ९ गतेदेखि सातामा दुई दिन आइतबार र बिहीबार उडान गर्ने सहमित विमान कम्पनीले नगरपालिकासँग गरेको भए पनि अहिले नियमित उडानसमेत हुन सकेको छैन। कहिले यात्रु संख्या कम भएको त कहिले मौसमको कारण देखाउँदै विमान नआएको नगरपालिकाले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.