म बालपुुजारी

म बालपुुजारी

ओम हर हर हर महादेव

बाघको छाला सर्पको माला

हातमा छ डमरु त्रिशूल छ बाला

ओम हर हर हर महादेव...

उनको उमेरका साथी ओछ्यानमा निद्रामै हुुन्छन् । उनी भने सबेरै मन्दिर पुुगी पूजा सुुरु गर्छन् । उनले पूजा गरेपछि नेपालभरका भक्तजनले दर्शन र पूजाआजा गर्छन् । हलेश्वर इङ्लिस बोर्डिङ स्कुुलबाट कक्षा २ सकेका सुुदिन गिरी बल्ल ३ कक्षामा पढ्न थालेका छन् । उनै सुुदिनले बिहान साढे ५ बजे पूजा गरेपछि खोटाङस्थित प्रसिद्ध हलेसी मन्दिरको पूजाआजाका लागि भक्तजनलाई बाटो खुुल्छ ।

सुुदिन हलेसीमा नयाँ पुुजारी होइनन् । झन्डै तीन वर्षदेखि उनी बिहान पूजा र साँझ आरती गर्न मन्दिर पुुग्छन् । यहाँ बालपुुजारी हुुने चलन छ । पाँचदेखि १५ वर्षको गिरी थरको बालक पुुजारी हुुने परम्परा छ । उनलाई आवश्यक सहयोग गर्न ब्राह्मण, भेटी र फूलपाती संकलक, हेरालुु र अन्य सहयोगी हुुन्छन् । हलेसी तुुवाचुुन नगरपालिकाले मन्दिर बाहिर पोसाकमा एक र भित्र बिनापोसाक एक प्रहरी खटाएको छ । भाइबहिनीहरू हो, तिमीहरू पहिल्यै हलेसी पुुगेको भए मन्दिरभित्र तस्बिर खिच्न पायौं होला तर एक महिनादेखि यहाँ पनि पशुुपतिनाथ मन्दिरमा जस्तै तस्बिर खिच्न निषेध गरिएको छ ।

बालपुुजारी सुुदिन अहिले पूजाआजा गरेबापत महिनाको १० हजार रुपैयाँ पनि कमाउँछन् । तिमीहरूलाई आश्चार्य लाग्ला, यति सानै उमेरमा यत्तिको कमाइ ?        हो उनले सुुरुमा मन्दिर व्यवस्थापन समितिबाट महिनाको तीन हजार पाउँथे । उनी कामका लागि साँझ ९ बजे सुुतिसक्छन् भने बिहान ५ नबज्दै उठ्छन् । ‘सुुत्न त मन लाग्छ नि तर कहिल्यै पाइँदैन’, उनले अन्नपूर्णसँग भने, ‘शनिबार होस् कि जुुनसुुकै बिदा, म त कहिले पनि बिदा पाउँदिनँ ।’ पूजा र आरतीमा उनले छुुट्टै पोसाक लगाउनुुपर्छ ।

मन्दिरमा उनी शंख, घण्ट, डमरु बजाउँछन् र चमर हल्लाउँछन् । यस्तै अन्य काम गर्छन् । उनलाई जेठी दिदी सुुनिदीले शंख फुुक्न सिकाएकी हुुन् । उनकी माइली दिदी स्वस्तिका भन्छिन्, ‘दिदीले भाइलाई शंख फुुक्न र अक्षर लेख्न सिकाउनुुभयो । तर अहिले दिदीभन्दा राम्रो शंख फुुक्न र अक्षर लेख्ने भएको छ भाइ ।’ मन्दिरभित्र शिवलिंग घेरिएको छ यहाँ उनी र ब्राह्मणबाहेक कोही पस्न पाउँदैन । सुुदिनकी आमा नम्रताले भनिन्, ‘बीचमा दुुईजना बालपुुजारी भए, सुुदिनकै काकाको छोरो सुुशील गिरीले एक वर्ष आलोपालो गरी पूजा गरे । अहिले ऊ पढ्न धरान गएको छ ।’

सुुरुमा उनी पढ्ने स्कुुलमा सुुदिन मन्दिरको पुुजारी भन्ने थाहै भएन । क्रमशः साथीले थाहा पाउँदै गए, सुुरुमा त छक्क पनि परे । साँझबिहान सुुदिनलाई मन्दिर ल्याउने लैजाने स्वस्तिका भन्छिन्, ‘मन्दिर जाँदा आउँदा छेउछाउकाले पुुजारी बाजे, पण्डित बाजे भनेर जिस्क्याउनुु भयो, भाइचाहिँ म पण्डित होइन, पुुजारी पनि होइन, मलाई बालपुुजारी भन्नुु है भन्थ्यो ।’ सुुदिनलाई पोखरा र काठमाडौं घुुम्न मन लाग्छ तर अहिले उनलाई कामले हिँड्न दिएको छैन । ठूलो भएपछि के बन्ने ?        उनी भन्छन्, ‘पुुलिस भयो भने गोली हान्नुुपर्छ, ड्राइभर भयो भने गाडी दुुर्घटना हुुन्छ, पाइलट बनुुँ भने प्लेन क्र्यास हुुन्छ त्यसैले म अथर र आर्टिस्ट बन्ने ।’

सुुदिनलाई पृथ्वीनारायण शाह, मदर टेरेसा, महात्मा गान्धी, भीमसेन थापा, अमरसिंह थापा, लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल मनपर्छन् । ‘म आर्टिस्ट भएर उहाँहरूकै चित्र बनाउँछुु’, उनी थप्छन्, ‘अनि धेरै पढेर किताब पनि लेख्छुु ।’ सुुरुदेखि उनले कमाएको रकम बुुबाआमाले बैंकमा राखी दिनुुभएको छन् । नम्रता भन्छिन्, ‘पछि क्याम्पस पढ्दामात्रै त्यो रकम खर्च गर्नेछौं ।’००


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.