विषादीयुक्त भारतीय आँप नेपाली बजारमा

विषादीयुक्त भारतीय आँप नेपाली बजारमा

बिर्तामोड : आँपको सिजन भर्खर सुरु हुँदै छ । जेठ दोस्रो सातादेखि तराईका जिल्लामा आँप पाक्न सुरु गरेको छ । तर, वैशाख मध्यदेखि नै झापासहित नेपाली बजारमा पहेंलै पाकेका आँप धमाधम बिक्री भइरहेको छ । बजारमा पाइने यस्ता आँप भारतीय बजारबाट भित्र्याइएका रहेको जनाइएको छ ।

आँपलाई ‘क्याल्सियम कार्बाइड’ भन्ने अखाद्य रासायनिक पदार्थ प्रयोग गरी पकाइने गरेको विषादी मापन प्रयोगशाला प्रदेश १ बिर्तामोडका प्राविधिक बताउँछन् । प्राविधिकका अनुसार यसको मात्रा बढी भए मानव स्वास्थ्यमा गम्भीर असर पर्छ ।

भारतीय आँपमा क्याल्सियम कार्बाइडको मात्रा कम भेटिएको प्राविधिक सहायक अञ्जु आचार्य बताउँछिन् । ‘हामीले जेठ लागेपछि दुईपटक भारतबाट ल्याइएको आँपको परीक्षण गरेका थियौं’, उनी भन्छिन्, ‘कार्बाइडको मात्रा अघिल्लो वर्षभन्दा कम पायौं ।’

उनका अनुसार अहिलेको आँपमा कार्बाइड कम पाइएकाले केही दिन राखेर खाए स्वास्थ्यलाई असर गर्दैन । कार्बाइडबाहेक अन्य विषादी भने प्रयोगशालामा परीक्षण गरे पनि नदेखिने उनको भनाइ छ । ‘दुई पटक परीक्षण गरेको हो, यति मात्र कार्बाइडको मात्रा हो भने त असर गर्दैन’, उनी भन्छिन्, ‘कार्बाइड मात्र हामीले पत्ता लगाउने हो । तर, दैनिक ठूलो परिमाणमा आँप भित्रिने हुँदा सचेत भने हुनुपर्छ ।’

अहिले तराईका जिल्लामा आँप पाक्न थाले पनि बजार आँपमय भएको छ । पूर्व-पश्चिम राजमार्ग आसपास आँपको व्यापार बढेको उपभोक्ता बताउँछन् । ‘तराईका झापासहित सप्तरी, सिरहामा त सडकछेउ आँपका बोट धेरै देखिए अनि फलेको पनि छ तर पाकेको छैन’, झापाकी दृष्टि न्यौपाने भन्छिन् ।

कार्बाइडमा पाइने क्याल्सिनोजेन भन्ने तत्वले क्यान्सर गराउन सक्ने चिकित्सकको भनाइ छ । ‘भारतबाट आँप धमाधम भित्रिइरहेको छ, हेर्दा पहेंलो देखिए पनि अखाद्य पदार्थ प्रयोग गरी पकाइएको हुन सक्ने भएकाले उपभोक्ता सचेत हुन जरुरी छ’, चिकित्सक रोहित यादव भन्छन् ।

बजारभरि कार्बाइड हालेका आँप बिक्री भइरहे पनि आजसम्म विषादी परीक्षण गरेर आँप नष्ट गरिएको छैन । नेपालको खाद्य ऐन २०२३, नियमावली २०२७ ले क्याल्सियम कार्बाइड प्रयोग गरी फलफूल पकाउन प्रतिबन्ध लगाएको छ ।

प्राविधिकका अनुसार परीक्षण गर्दा ३५ प्रतिशतसम्मको मात्रा देखिए त्यसलाई खानयोग्य मानिन्छ । त्यस्तै, ३५ देखि ४५ प्रतिशतसम्म विषादीको मात्रा पाइए केही दिन राखेर पुनः तीनदेखि चार दिनपछि जाँच गरी ३५ प्रतिशतभन्दा कम प्रतिशतमा झारेर खानयोग्य हुन्छ । ४५ प्रतिशतभन्दा धेरै पाइए उक्त तरकारी खान अयोग्य प्रमाणित गरिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.