उद्धार गरिएका बालकका भेटिएनन् अभिभावक
गुलरिया : भारतको उत्तरप्रदेश राज्यअन्तर्गत बहराइच तथा गोण्डाबाट उद्धार गरिएका बालकका अभिभावक नभेटिँदा आ श्रममै बस्न बाध्य भएका छन्। बालकका अभिभावक तथा आफन्तबाटै प्रलोभनमा पारी भारत पुगेपछि अलपत्र परेका ४ जना बालकलाई जिल्ला बालकल्याण समिति, सेवा केन्द्रलगायत जिल्ला प्रशासन कार्यालय बर्दियाको पहलमा उद्धार गरिएको थियो।
उद्धार गरिएका बालकमध्ये दुई जनाको अभिभावक अझै पत्ता नलागेको बालकल्याण समितिले जनाएको छ।
उद्धार गरिएका बालकमध्ये नेपालगन्ज घर भएका ४ वर्षीय दिलीप थापालाई भारतको बहराइच तथा सिमलघारी बाँकेका १२ वर्षीय अरुण विक, गुलरिया नगरपालिका–९ का ११ वर्षीय अजय विक र रुकुम घर भएका १२ वर्षीय रविन परियारलाई गोण्डा सेवा केन्द्रबाट उद्धार गरी नेपाल ल्याइएको महिला विकास अधिकृत गिराकुमारी बस्नेतले बताइन्।
भारतीय सेवा केन्द्रले इमेलमार्फत बालकको ठेगाना माग गर्दै लिन आउने सूचना गरेपछि नेपाली टोली भारतको सेवा केन्द्रमा पुगेको हो। भारतस्थित बालकेन्द्र्रबाट उद्धार गरिएका बालकलाई सेवाकेन्द्र बर्दियामा राखी उनीहरूको अभिभावक पत्ता लगाई जिम्मा लगाउने कार्य भइरहेको सेवाकेन्द्र बर्दियाकी प्रमुख लक्ष्मी मुडभरीले बताइन्। उनले भनिन्, ‘नेपालगन्ज घर भएका दिलीप थापा र गुलरिया घर भएका अजय विकलाई अभिभावकको जिम्मा लगायौं।’
सिमलघारी बाँकेका अरुण विक र रुकुमका रविन परियारको अभिभावक अझै पत्ता लागेका छैनन्। अभिभावक पत्ता नलागेका दुई बालक सेवा केन्द्र बर्दियामा आ श्रय लिइरहेका छन््। अभिभावकको जिम्मा लगाइएका दुई बालक घरबाटै हराएको खुलेको छ।
खुला सिमानाका कारण बालबालिका भारत तस्करी गर्ने क्रम नरोकिएको जिल्ला बालकल्याण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए।
अभिभावक फेला नपरेका बालक सेवा केन्द्रमा सुरक्षित रहेकाले अभिभावक पत्ता लगाउने काम भइरहेको उनले बताए। उनले भने, ‘अभिभावकलाई बच्चा जिम्मा नलगाएसम्म बालक केन्द्रमै बस्छन्।’
यस्तै, गुलरिया नगरपालिका–६ मा फेला परेकी एक महिलाको अभिभावक नभेटिँदा एक सातादेखि सेवाकेन्द्रमा आ श्रय लिइरहेकी छन्। नाम, थर, ठेगाना पत्ता नलागेको बोल्न नसक्ने फरक क्षमता भएकी महिलालाई प्रहरीले फेला पारी संरक्षणका लागि सेवाकेन्द्र गुलरियामा पठाएको थियो।
जेठ ११ गतेदेखि अभिभावक पत्ता लगाउन नसकेर बोल्न नसक्ने एक महिला सेवाकेन्द्र गुलरियामा आ श्रय लिइरहेको सेवाकेन्द्र प्रमुख मुडभरीले बताइन्। ती महिलालाई अभिभावकको जिम्मा लगाउन सबैलाई सहयोगका लागि उनले आग्रह गरेकी छन्।