इलामको सुकिलुम्बा विमानस्थलमा पहिलो पटक जहाज

इलामको सुकिलुम्बा विमानस्थलमा पहिलो पटक जहाज

इलाम: इलाम सदरमुकाम नजिकै रहेको फाल्गुनन्द-सुकिलुम्बा बिमानस्थलमा पहिलो पटक जहाज बसेको छ । पहिलो परिक्षण उडान सफल भएपछि स्थानीय रमाएका छन् ।

सोमबार दिउँसो १२ बजे तारा एयरको जहाज सफल अवतरण गरेको हो । पहिलो परीक्षण उडान हेर्न इलामबासीहरु ठुलो संख्यामा विमानस्थलमा पुगेका थिए । 

सुकिलुम्बा विमानस्थलबाट भारतका दार्जीलिङ र सिक्किम केही किलोमिटरको दुरीमा पर्ने हुनाले त्यहाँका यात्रुलाई काठमाडौँ आउन जान अब सहज हुने छ । 

विमानस्थलको रनवे बनाइसकेपछि सोमवार तारा एयरको १८ सिटे विमानले परीक्षण उडान गरेको हो । यो विमानस्थलमा दैनिक उडान भएमा इलाम भित्रिने पर्यटकलाई सजिलो हुनेछ । 

करिब १२ वर्षअघिबाट निर्माण थालिएको विमानस्थलमा परीक्षण उडान सफल भएपछि जिल्लावासी खुसी भएका छन् ।   

तत्कालीन एमालेका नेता झलनाथ खनाल प्रधानमन्त्री बनेको समयमा विमानस्थल बनाउन बजेट छुट्याइएको थियो ।  विमानस्थलको धावनमार्गमा ग्राभेल भएपछि जहाज बसेको हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.