प्रदेश नम्बर ७ को नेकपा संसदीय दलमा भट्ट

प्रदेश नम्बर ७ को नेकपा संसदीय दलमा भट्ट

धनगढीः नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टलाई सर्वसम्मत संसदीय दलको नेता चुनिएको छ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्यद्वय भीम रावल र लेखराज भट्टको उपस्थितिमा मंगलबार बसेको संसदीय दलको बैठकले भट्टलाई संसदीय दलको नेताचयन गरेको हो । 

त्रिलोचन भट्ट साविकको माओवादी केन्द्रका नेता हुन् । यस्तै बैठकले साविकको एमालेका नेता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहलाई संसदीय दलको उपनेता चुनेको छ । उनी एमालेको तर्फबाट संसदीय दलका नेता थिए । 

बैठकले प्रमुख सचेतकमा साविकको एमालेका नेता तारा लामा तामाङलाई चयन गरेको छ भने सचेतकमा माओवादी केन्द्रका अक्कल रावललाई चयन गरेको छ । प्रमुख सचेतकमा यसअघि लामा नै रहेका थिए । 

एकीकरणपछि नेताद्वय भीम रावल र लेखराज भट्ट धनगढी आएका हुन् । सोमबार मात्रै एकताको सन्देश दिन भेलाको आयोजना गरिएको थियो । नेकपाले १५ दिनभित्र सबै प्रदेश र जिल्ला कमिटीहरुको टुंगो लगाउन कार्यदल गठन गरेर प्रदेश÷प्रदेशमा खटाएको छ । कार्यदलमा दुवै पार्टीका साविकका ईञ्चार्ज र सह ईञ्चार्ज सदस्य छन् । 

एमालेका तत्कालिन प्रदेश ईञ्चार्ज भीम रावल, माओवादी केन्द्रका तत्कालिन ईञ्चार्ज लेखराज भट्ट, एमालेका सह–ईञ्चार्ज कर्णबहादुर थापा र माओवादी केन्द्रका प्रदेश संयोजक लक्ष्मी दत्तजोशी कार्यदलका सदस्य हुन् । 

चार सदस्यीय कार्यदल प्रदेश ७ को प्रदेश कमिटी र जिल्ला कमिटीको पुनर्गठनको तयारीमा लागेको छ । ‘हामीले पार्टीका पुर्व पदाधीकारीहरुसँग छलफल गरिरहेका छौं, दुई तीन दिनमा सकिन्छ, अनि काठमाडौं गएर प्रदेश र जिल्ला कमिटीहरु पुनर्गठन हुनेछन्’ नेकपाका स्थायी कमिटी सदस्य लेखराजभट्टले भने । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.