विद्यालयमा चट्याङ पर्दा सात विद्यार्थी घाइते
धरान : २० विष्णुपादुकास्थित भालढुङगा माविको भवनमा चट्याङ परेको छ। कक्षा कोठामा पढ्दै गरेका ७ जना विद्यार्थी चट्याङमा परी घाइते भएका छन्। मंगलबार विद्यालयमा कक्षा संचालन भैरहेको समयमा परेको चट्याङामा परी कक्षा ६, ८ र ९ का सातजना विद्यार्थी घाइते भएका हुन्।
घाइते हुनेमा कक्षा ६ का विद्यार्थी पूर्णिमा तामाङ, जेसिका तामाङ, मौसम राई, संगम राई, प्रमिला पाण्डे, कक्षा ८ का रिया राई र कक्षा ९ की अस्मिता राई रहेका छन्। चट्याङबाट उनीहरु घाइते भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले बताए।
घाइत सातैजनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ। चट्याङ लागेर विद्यालयको भवनमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।