३३ किलो सुनकाण्ड : गोरेका सहयोगी रामकुमार तिवारी पक्राउ
काठमाडौं : ३३ किलो सुनकाण्ड र मोरङका सनम शाक्य हत्या प्रकरणमा मुछिएका चूणमणि उप्रेती ‘गोरे’का सहयोगी रामकुमार तिवारी पक्राउ परेका छन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमनले गोरेको बयानका आधारमा मंगलबार तिवारीलाई पक्राउ गरेको हो । गोरेले बयानका क्रममा तिवारीले आफ्नो कामको कानुनी पक्ष हेर्ने बताएका थिए ।
०७०७४९३३६० पासपोर्ट नम्बर भएका तिवारीलाई अध्यागमन कार्यालयले कोरियन एयरलाइन्सबाट काठमाडौं आउने क्रममा पक्राउ गरेको हो । पक्राउ परेका तिवारीलाई अध्यागमनले प्रहरीलाई बुझाएकाे छ ।