पहिरोले पुरिएको स्काभेटर चालकको शव १५ घण्टापछि निकालियो

पहिरोले पुरिएको स्काभेटर चालकको शव १५ घण्टापछि निकालियो

फुङलिङ :  सडक खन्ने क्रममा माथिबाट झरेको पहिरोले पुरिएका स्काभेटर चालकको शव १५ घण्टापछि निकालिएको छ।

अर्को स्काभेटर मेशिन लगेर बुधबार बिहान शव निकालिएको हो। शव निकाल्न चार सयको संख्यामा स्थानीय र प्रहरी बुधबार बिहानैदेखि घटनास्थलमा जुटेका थिए। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा मंगलबार साँझ ६ः३० बजेको समयमा सडक बिस्तारको क्रममा झरेको पहिरोले स्काभेटर मेशिनका चालक कृष्ण कटुवालको ज्यान गएको प्रहरीले जनाएको छ।

पाँचथरको हिलिहाङ गाउपालिका–२ धुसेनी घरभएका ३८ वर्षीय कटुवालको घटनास्थलमै ज्यान गएको हो। मेरिङदेन गाउँपालिकाको खोक्लिङबाट लेलेप जोड्ने यो सडक खेजेनिम ५ बाट ३ जोड्ने क्रममा जोरखोलामा दुर्घटना भएको हो। मेशिनसँगै रहेका सह–चालक ललितपुर निवासी बिष्णु कुमार श्रेष्ठ भने भागेर बाँच्न सफल भएका छन्। स्काभेटर भने पहिरोले पुरेको स्थानीय जगन पौडेलले बताए।

मृतकको सव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याईदै गरिएको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बताए। मृतकका श्रीमती बिमला सिवाकोटी कटुवाल एक छोरा र एकछोरी रहेका छन्।  कृषि सडक खनेर आगाडि बढेको यो मेसिन तनहुँ निवासी बिशाल थापाको हो। वर्खायामसँगै पहाडी इलाकामा अब स्काभेटरमार्फत सडक खन्नु जोखिमपुर्ण बन्दै गएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.