ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
फुङलिङ : मेची राजमार्गको ताप्लेजुङ सडकखण्डअन्तर्गत मेवाखा छेउमा बुधबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।ताप्लेजुङ सदरमुकाम फुङलिङबाट बालुवा लिनका लागि काबेली जादैं गरेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा चालक २१ वर्षीय मिलन सुनुवारको मृत्यु भएको हो।
ना.५.त.९५६६ नंम्बरको ट्याक्टर दुर्घटनामा परी १९ वर्षीय सरन लिम्बू र २० वर्षीय किरण लिम्बू सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ।मृतक र घाइते नाङखोल्याङ निवासी हुन्।