रक्षक नै भक्षक: प्रहरी हवल्दारले महिलामाथि खुकुरी हाने

रक्षक नै भक्षक: प्रहरी हवल्दारले महिलामाथि खुकुरी हाने

ओखलढुंगाः  यहाँ प्रहरी हवल्दारको खुकुरी प्रहारबाट एकजना महिला गम्भीर घाइते भएकी छन् । नेपाल प्रहरीका हवल्दार अमरसिंह राईले खुकुरी प्रहार गर्दा मानेभन्ज्याङ्ग गाउँपालिका– ३ उँबुकी शर्मिला राई घाइते भएकी हुन् । 

घर बिदामा आएको समयमा अमरले नाताले बहिनी (सालाकी श्रीमती) पर्ने शर्मिलालाई खुकुरी प्रहार गरेका हुन् । उनले बुधबार विहान शर्मिलालाई धारिलो खुकुरी प्रहार गरि ज्यान लिने प्रयास गरेका थिए । 
खुकुरी प्रहारबाट शर्मिला गम्भीर घाइते भएकी छिन् । उनको सामुदायिक अस्पताल ओखलढुंगामा उपचार भइरहेको छ । खुकुरी प्रहारबाट शर्मिलाको टाउको र दुवै हातमा गहिरो चोट लागेको छ । 

टाउकोमा तीन ठाउँ तथा दुवै हातको नाडी र औलामा गहिरो चोट लागेको प्रत्यक्षदर्शी भुपेन्द्रबहादुर राईले बताए । ‘हामी समयमै नपुगेको भए शर्मिलाको ज्यानै जाने थियो’, उनले भने, ‘खुकुरी प्रहारपछि भुइँमा ढलिसकेकी शर्मिलालाई हामीले उद्दार गरेर उपचारका लागि अस्पताल पु¥याएका छौं ।’ 

घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरिरहेको छ । शर्मिलालाई आक्रमण गर्ने राईलाई पक्राउ गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले बताए । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.