३१ लाख ८० हजार भारतीय नोटसहित दुईजना पक्राउ

३१ लाख ८० हजार भारतीय नोटसहित दुईजना पक्राउ

वीरगन्जः भारतबाट अवैधरुपमा नेपाल भित्रयाइएको ठूलो परिमाणको भारतीय नोटसहित दुईजना कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगन्जको रजत जयन्ती चोकबाट प्रहरीले ३१ लाख ८० हजार भारतीय रुपैयाँसहित दुई जनालाई पक्रेको हो । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–६ स्थायी घर भइ हाल मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० मा बस्दै आएका ३० वर्षीय चित्तरन्जन प्रसाद र  भारत बिहारको मोतिहारीका १८ वर्षीय रोहित कुमार केशरी रहेका छन् ।

चित्त रन्जनको साथबाट भारु दुई हजारको नोट एक हजार तीन सय ९० थान ( २७ लाख ८० हजार भारु ) र रोहीतको साथबाट भारु दुई हजारको नोट दुई सय थान ( चार लाख भारु ) बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । 

ना २७ प ३८११ नम्बरको मोटरसाइकलमा रक्सौलबाट वीरगन्ज आउँदै गरेका दुवैलाई  मंगलबार बेलुको रजतजयन्ती चोकमा चेकजाँच गर्दा उक्त रकम बरामद भएको ढकालले बताए ।

बरामद भारुको श्रोत बताउन नसकेपछि दुवैलाई नियन्त्रणा लिइएको हो । उनीहरुलाई कारवाहीका लागि राजश्व अनुसन्धन विभाग हरिहर भवन पठाइएको छ । नेपाल राष्ट्र बैंकले भारु नोट वितरणमा कडाइ गरेपछि वीरगन्जका मनी चेन्जरहरुले रक्सौलबाट गैरकानुनी रुपमा भारु नोट ल्याएर कारोबार गर्न थालेको प्रहरी श्रोतले जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.