छविलाल जेल गएपछि गंगामायाको अनसन तोडाउने प्रयास

छविलाल जेल गएपछि गंगामायाको अनसन तोडाउने प्रयास

कााठमाडौंः छोराका हत्यारालाई कारबाही माग गर्दै लामो समयदेखि अनशनरत गंगामाया अधिकारीको अनशन तोडाउने प्रयास थालिएको छ । उनका छोरा कृष्णप्रसादको हत्या आरोपित छविलाल पौडेलले आइतवार अदालतमा आत्मसर्मपण गरेर डिल्ली बजार जेल चलान गरेसँगै सरकारले अनशन तोडाउने प्रयास थालेको हो । 

वीर अस्पतालमा अनशनरत गंगामायाको अनशन तोडाउन मानव अधिकारकर्मीहरुमार्फत् सरकारले पहल थालेको हो । मानव अधिकारकर्मी सुवोध प्याकुरेलले दुई दिनदेखि गंगामायालाई भेटेरै अनशन तोड्न आग्रह गरेको बताए । उनले सोमबार पनि अनशन तोड्न आग्रह गरिने जानकारी दिए । 

‘उहाँलाई अनशन तोड्न गरेको आग्रह टार्दै आउनुभएको छ  आइतबार आरोपित व्यक्ति जेल गइसकेको अवस्थमा उहाँ अनशन तोड्न तयार हुनु पर्ने हो’, प्याकुरेलले भने, ‘उहाँलाई आज पनि भेटेर अनसन तोड्न आग्रह गर्छौं ।’

गंगामायाको स्वास्थ्य अनवस्थाबारे अनुगमनपछि राष्ट्रिय मानवअधिकार आयोगले सरकारको गम्भीर ध्यानाकर्षण गराएको थियो । छोराको हत्याको छानबिन र दोषीउपर कानूनी कारवाहीको माग गर्दै लामो समयदेखि अनशनमा बस्दा गंगामायाको स्वास्थ्यअवस्था अत्यन्त गम्भीर र जटिल बन्दै गएको आयोगले जनाएको छ ।

अधिकारीलाई न्यायप्राप्त लागि पहल गरी जीवन रक्षाका लागि प्रभावकारी कदम चाल्न आयोगले पटक–पटक ध्यानाकर्षण गराए पनि सरकारले बेवास्ता गरेको गुनासो गरेको छ । 

आयोगले तत्काल जीवनरक्षा र शीघ्र न्यायप्राप्तीका लागि समेत अविलम्ब प्रभावकारी कदम चाल्न पुनःध्यानाकर्षण गराएको छ । न्यायको माग गर्दै पटक पटक अनशनरत गंगामाया अधिकारी पछिल्लो पटक जेठ १५देखि अनशनमा छिन् ।

गंगामायाका छोरा कृष्ण प्रसाद अधिकारलाई तत्कालिन माओवादी कार्याकर्ताले हत्या गरेका थिए । सर्वाेच्च अदालतले २०७२ सालमा आरोपित छविलाल पौड्याललाई पुपक्र्षको लागि थुनामा राख्न आदेश दिएको थियो  ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.